सद्‌गुरु: योग पद्धतिमा संसारका सबै गुणहरुलाई तीन मूल गुणहरूमा समावेश गरिएको छ— तमस, रजस र सत्त्व । तमस भनेको जडता वा निष्क्रियता हो । रजस भनेको गतिविधि वा सक्रिय हुनु हो । सत्त्व भनेको सीमाहरूबाट पर जानु हो । नवरात्रिको पहिलो तीन दिनहरू तमस प्रकृतिका हुन्छन् , जहाँ देवीको रूप उग्र हुन्छ, जस्तै कि दुर्गा र काली । तमसको प्रकृति धरतीको जस्तै हुन्छ । वास्तवमा, धरतीले नै सबैलाई जन्म दिन्छिन् । हामीले गर्भमा बिताउने समय तमस प्रकृतिको हुन्छ । यो यस्तो अवस्था हो, जुन लगभग निष्क्रिय जस्तै भएपनि हामी हुर्किरहेका हुन्छौँ । त्यसैले यो धरती र तपाईंको जन्मको प्रकृति तमस हो ।

बगैँचामा केही गर्नुहोस् । यो प्रक्रियाबाट तपाईंको शरीरमा स्वाभाविक रूपमा यो कुरा स्मरण रहन्छ कि तपाईं नश्वर हो ।

तपाईं यस धरतीमा हुनुहुन्छ, त्यसैले तपाईंले उनीसँग एक हुन सिक्नुपर्छ । तपाईं यसैपनि धरतीको अंश हो । धरतीले चाहेको बेलामा, तपाईंलाई शरीरको रूपमा यस अस्तित्वमा ल्याउँछिन् । अनि उनले चाहेको बेलामा पुनः यो शरीरलाई आफूमा विलिन गर्छिन् । तसर्थ, तपाईंले जतिबेला पनि आफूलाई आफ्नो शरीरको प्रकृतिको बारेमा स्मरण गराउनु असाध्यै अपरिहार्य छ । यतिखेर, तपाईं धरतीको थुप्रो हो, जो यताउती बुर्कुसी मारिरहनु भएको छ । जब धरतीले तपाईंलाई आफूमा समाहित गर्ने इच्छा गर्छिन्, तपाईं यसैमा मिसिनुहुन्छ ।

आश्रममा, म मानिसहरुलाई सधैँ भन्ने गर्छु कि तपाईंहरूले चाहे जुनसुकै काम गरिरहेको भएपनि हरेक दिन कम्तीमा एक घण्टा आफ्ना औँलाहरूलाई माटोको सम्पर्कमा राख्नुपर्छ । बगैँचामा केही गर्नुहोस् । यो प्रक्रियाबाट तपाईंको शरीरमा स्वाभाविक रूपमा यो कुरा स्मरण रहन्छ कि तपाईं नश्वर हो । तपाईंको शरीरलाई ज्ञात हुनेछ कि यो सधैँभरि रहने छैन । यदि तपाईं आध्यात्मिक पथमा आफ्नो ध्यान केन्द्रित गरिरहन चाहनुहुन्छ भने, शरीरमा नश्वरता (मरणशीलता) बोध हुनु अत्यन्तै महत्त्वपूर्ण छ । जब केही जान्ने चाहना जति गहिरो र आतुर हुन्छ, आध्यात्मिक आकाङ्क्षा त्यति नै प्रबल हुन्छ ।