Login | Sign Up
logo
search
Login|Sign Up
Country
  • Sadhguru Exclusive
Find Books In:

इनर इन्जिनियरिङ 

“इनर इन्जिनियरिङ अत्यन्तै रोचक पुस्तक हो, जुन सद्‌गुरुका अन्तर्दृष्टि र उहाँले प्रदान गर्नुभएका विधिले भरिपूर्ण छ । तपाईं साँच्चिकै तयार हुनुहुन्छ भने यो एउटा साधन हो, जसले तपाईंलाई आफ्नो भित्री प्रज्ञा जागृत गर्न सहायता गर्दछ; त्यो भित्री प्रज्ञा यस्तो सर्वश्रेष्ठ बुद्धिमत्ता हो, जसले ब्रह्माण्डको ज्ञान प्रतिबिम्बित गर्दछ ।” - दीपक चोपडा

योगी, रहस्यद्रष्टा एवम् दूरदर्शी सद्‌गुरु एक भिन्न आध्यात्मिक गुरु हुनुहुन्छ । यस अद्वितीय पुस्तकमा सद्‌गुरुले अध्यात्म र योगसँगको आफ्नै अनुभवको सार प्रस्तुत गर्दै रूपान्तरणकारी “इनर इन्जिनियरिङ”को परिचय दिनुभएको छ । 

सद्‌गुरुले थुप्रै वर्ष लगाएर परिष्कार गर्नुभएको यो शक्तिशाली अभ्यासले व्यक्तिको मन र शरीरलाई बाहिरी एवम् भित्री ऊर्जाहरूसँग सङ्गतिमा ल्याउन सहायता गर्दछ, जसद्वारा असीमित शक्ति र सम्भावना सिर्जना हुन्छन् । 

आनन्द र खुसीयालीका लागि इनर इन्जिनियरिङ तपाईंको आफ्नै मार्गदर्शन हो ।

Best Seller
1M
 
Close