logo
logo

दारिद्र्य दहन शिव स्तोत्र अनि अर्थ

तीन शक्तिहरू । तीन गुणहरू । तीन देवताहरू । तीनवटा कुराहरूको संयोजन, सतहमा हेर्दा भिन्न–भिन्न देखिए पनि अलिकति गहिराइमा जानुभयो भने, त्यहाँ तपाईंले पूर्ण मिलन पाउनुहुनेछ । यदि तपाईं तीन कुराहरूको सङ्गम र परम–एकत्व बिचको सेतु वा पुल बन्नुभयो भने, त्यहाँ महादेव पाउनुहुनेछ । तपाईंले तीनवटै कुराहरू एउटामा समावेश भएको पाउनुहुनेछ । साउन्ड्स अफ ईशाको प्रस्तुति— त्रिगुण !

दारिद्र्य दहन शिव स्तोत्र अनि अर्थ

(ऋषि वशिष्ठद्वारा रचित)


 विश्वेश्वराय नरकार्णव तारणाय
कर्णामृताय शशिशेखरधारणाय ।
कर्पूरकान्तिधवलाय जटाधराय
दारिद्र्य दुःखदहनाय नमः शिवाय ॥१॥

शिव— जो विश्वको स्वामी हुनुहुन्छ,
जसले नरकरूपी संसार–सागरबाट उद्धार गर्नुहुन्छ,
जो कानहरूबाट श्रवण गर्नको लागि अमृत समान नाम भएका हुनुहुन्छ,
जसले आभूषणको रूपमा चन्द्रमा प्रयोग गर्नुभएको छ,
जो कर्पुरको कान्ति समान धवल वर्ण भएका जटाधारी हुनुहुन्छ,
दारिद्र्य रूपी दु:ख नष्ट गरिदिने शिवलाई मेरो नमन छ !

गौरीप्रियाय रजनीशकलाधराय
कालान्तकाय भुजगाधिपकङ्कणाय ।
गंगाधराय गजराजविमर्दनाय
दारिद्र्य दुःखदहनाय नमः शिवाय ॥२॥

शिव— जो माता गौरीको अत्यन्तै प्रिय हुनुहुन्छ,
जसले रजनीश्वर (चन्द्रमा) को कला धारण गर्नुहुन्छ,
जो कालको समेत अन्तक (यम) रूप हुनुहुन्छ,
जसले नागराजलाई कल्लीको रूपमा धारण गर्नुहुन्छ,
जसले आफ्नो शिरमा गङ्गा धारण गर्नुहुन्छ,
जसले गजराजको विमर्दन गर्नुभएको छ,
दारिद्र्य रूपी दु:ख नष्ट गरिदिने शिवलाई मेरो नमन छ !


 भक्तिप्रियाय भवरोगभयापहाय
उग्राय दुर्गभवसागरतारणाय ।
ज्योतिर्मयाय गुणनामसुनृत्यकाय
दारिद्र्य दुःखदहनाय नमः शिवाय ॥३॥

शिव— जो आफ्ना भक्तालुहरूको प्रिय हुनुहुन्छ,
जसले संसाररूपी रोग एवं भय नाश गर्नुहुन्छ,
जसले संहारको समयमा उग्ररूप धारण गर्नुहुन्छ,
जसले जीवनको जटिल भवसागर पार गराउनुहुन्छ,
जो ज्योतिस्वरूप हुनुहुन्छ अनि आफ्नो गुण र नामअनुसार सुन्दर नृत्य गर्नुहुन्छ,
दारिद्र्य रूपी दु:ख नष्ट गरिदिने शिवलाई मेरो नमन छ !


 चर्मम्बराय शवभस्मविलेपनाय
भालेक्षणाय मणिकुण्डलमण्डिताय ।
मंझीरपादयुगलाय जटाधराय
दारिद्र्य दुःखदहनाय नमः शिवाय ॥४॥

शिव— जसले बाघको छाला लगाउनुहुन्छ,
जसले चिताको खरानी (भस्म) लगाउनुहुन्छ,
जसले निधारमा तेस्रो नेत्र धारण गर्नुभएको छ,
जो मणिहरूको कुण्डलले सुशोभित हुनुहुन्छ,
जो आफ्नो पाउहरूमा नूपुर धारण गर्ने जटाधारी हुनुहुन्छ,
दारिद्र्य रूपी दु:ख नष्ट गरिदिने शिवलाई मेरो नमन छ !


 पञ्चाननाय फणिराजविभूषणाय
हेमांशुकाय भुवनत्रयमण्डिताय ।
आनन्दभूमिवरदाय तमोमयाय
दारिद्र्य दुःखदहनाय नमः शिवाय ॥५॥

शिव— जो पञ्चमुखी नागराजको आभूषणले सुसज्जित हुनुहुन्छ,
जो तिनवटै लोकहरूको लागि सुर्वण समान किरण जस्तै हुनुहुन्छ,
जसले आनन्दभूमि (काशी) लाई वर प्रदान गर्नुभएको छ,
जो सृष्टिको संहारको लागि तमोगुणबाट माथि उठ्नुभएको छ,
दारिद्र्य रूपी दु:ख नष्ट गरिदिने शिवलाई मेरो नमन छ !


 भानुप्रियाय भवसागरतारणाय
कालान्तकाय कमलासनपूजिताय ।
नेत्रत्रयाय शुभलक्षण लक्षिताय
दारिद्र्य दुःखदहनाय नमः शिवाय ॥६॥

शिव— जो सूर्यको अत्यन्त प्रिय हुनुहुन्छ,
जसले भवसागरबाट उद्धार गर्नुहुन्छ,
जो कालको लागि समेत महाकाल स्वरूप हुनुहुन्छ,
जसलाई स्वयं ब्रह्माले पूजा गर्नुहुन्छ,
जसले तीन नेत्र धारण गर्नुभएको छ,
जो शुभ लक्षणहरूले युक्त हुनुहुन्छ,
दारिद्र्य रूपी दु:ख नष्ट गरिदिने शिवलाई मेरो नमन छ !


 रामप्रियाय रघुनाथवरप्रदाय
नागप्रियाय नरकार्णवतारणाय ।
पुण्येषु पुण्यभरिताय सुरार्चिताय
दारिद्र्य दुःखदहनाय नमः शिवाय ॥७॥

शिव— जो रामको अत्यन्त प्रिय हुनुहुन्छ,
जसले रघुनाथजीलाई वर दिनुभयो,
जो सर्पहरूको अति प्रिय हुनुहुन्छ,
जसले भवसागर रूपी नरक पार गराउनुहुन्छ,
जो पुण्यदाताहरूमा अत्यन्त पुण्य हुनुहुन्छ,
जसलाई समस्त देवताहरूले पूजा गर्छन्,
दारिद्र्य रूपी दु:ख नष्ट गरिदिने शिवलाई मेरो नमन छ !


 मुक्तेश्वराय फलदाय गणेश्वराय
गीतप्रियाय वृषभेश्वरवाहनाय ।
मातङ्गचर्मवसनाय महेश्वराय
दारिद्र्य दुःखदहनाय नमः शिवाय ॥८॥

शिव— जो मुक्तजनहरूको स्वामी स्वरूप हुनुहुन्छ,
जसले चारवटै पुरुषार्थहरूलाई फल प्रदान गर्नुभयो,
जसलाई गीत प्रिय छ अनि जसको वाहन नन्दी हो,
जसले गज–चर्मको वस्त्ररूप धारण गर्नुहुन्छ, जो महेश्वर हुनुहुन्छ,
दारिद्र्य रूपी दु:ख नष्ट गरिदिने शिवलाई मेरो नमन छ !

    Share

Related Tags

शिव स्तोत्रम्शिव भक्तहरू

Get latest blogs on Shiva

Related Content

शिव— भगवान, मानव वा पौराणिक कथा ?