logo
logo

महाशिवरात्रिको निम्ति तयार रहन साधना

सद्‌गुरुद्वारा अर्पण गरिएको महाशिवरात्रि साधनाले तपाईंलाई महाशिवरात्रिका सम्भावनाहरूप्रति बढी ग्रहणशील बन्न सहायता गर्दछ ।

८ वर्षमाथिका जोसुकैले यो साधना गर्न सक्नुहुने छ ।

तपाईंले यो साधना किन गर्नुपर्छ

  • उच्चतम स्तरको ऊर्जा अनुभव गर्न

  • गहन साधनाको दिनचर्याले आफूमा अनुशासन ल्याउन

  • विशाल सम्भावनाहरूले भरिएको रात, महाशिवरात्रिको निम्ति आफूलाई तयार गर्न

  • आदियोगीको कृपाप्रति आफूलाई बढी ग्रहणशील बनाउन

  • भावनात्मक र मानसिक सन्तुलन स्थापित गर्न

  • भित्री खोजको लागि शरीर र मनको स्तरमा बलियो आधार निर्माण गर्न

आफूलाई सहज भएअनुसार, तपाईंले यो साधनालाई लगातार ४०, २१, १४, ७ वा ३ दिनसम्म गर्न सक्नुहुन्छ, र यसको समापन फाल्गुन ६ गते महाशिवरात्रिको रातमा हुनेछ ।

८ वर्षमाथिका जोसुकैले यो साधना गर्न सक्नुहुने छ ।

खानाको लागि निर्देशन

Introduction

आफ्नो पाखुरामा एउटा कालो कपडा बाँध्नुहोस्;

  • पुरुषले दायाँ पाखुरामा बाँध्न सक्नुहुन्छ

  • महिलाले बाँया पाखुरामा बाँध्न सक्नुहुन्छ

तपाईं जुनसुकै कालो कपडा बाँध्न सक्नुहुन्छ जसको लम्बाइ १२ इन्च र चौडाइ १ इन्च हुनुपर्छ ।

दैनिक साधना

  • हर्बल पाउडर प्रयोग गरी हरेक दिन दुइपटक नुहाउनुहोस् ।

  • बिहान एकपटक र बेलुका एकपटक दियो बाल्नुहोस् । यदि दियो उपलब्ध छैन भने, तपाईं मैनबत्तीको प्रयोग गर्न सक्नुहुन्छ ।

  • बिहान र बेलुका, दियो बालेपछि, १२ पटक योग योग योगेश्वराय मन्त्र उच्चारण गर्नुहोस् । यो साधनालाई ४० मिनेटको सन्ध्याकालको समयमा गर्नु उत्तम हुनेछ ।

योग योग योगेश्वराय मन्त्र

सन्ध्याकाल: सूर्योदय र सूर्यास्त हुनुभन्दा २० मिनेट अगाडिदेखि सूर्योदय र सूर्यास्त पछिको २० मिनेटसम्मको अवधिलाई सन्ध्याकाल भनिन्छ ।

  • खाली पेटमा "शिव नमस्कार" को एउटा पूरा चक्र १२ पटक गर्नुहोस् । त्यसपछि, ३ पटक "सर्वेभ्यो मन्त्र" उच्चारण गर्नुहोस् । यसलाई दिनमा एक पटक सूर्योदय अगाडि वा सूर्यास्त पछाडि गर्नुपर्छ ।


सर्वेभ्यो मन्त्र

अघिल्लो रातमा ८-१० वटा कालो मरिचको दाना अनि २-३ वटा नीम वा बेलको पात महमा डुबाउनुहोस् । एक मुठी बदाम (मुमफली) लाई पानीमा भिजाउनुहोस् । शिव नमस्कार र मन्त्र उच्चारण पछि, पातहरू चबाउनुहोस्, कालो मरिच र महलाई कागती पानीमा मिसाएर खानुहोस् । साथै, भिजाएको बदाम पनि खानुहोस् ।

यदि नीम वा बेल पत्र उपलब्ध छैन भने, नीमको धुलो (पाउडर) प्रयोग गर्न सक्नुहुन्छ ।


आफ्नो नियमित साधना, जस्तै कि शाम्भवी महामुद्रा सकिएपछि मात्रै यो खान सक्नुहुन्छ ।

यी बिन्दुहरूमा विभूति लगाउनुहोस्:

  • आज्ञा, आँखीभौँको बीचमा

  • विशुद्धि, कण्ठमुनि रहेको गहिरो भागमा

  • अनाहत, करङ्गको हड्डी जोडिएको स्थानभन्दा ठीक मुनि

  • मणिपूरक, नाभि(नाइटो) को ठीक तल ।

  • दिनमा दुई पटक मात्र खाना खानुहोस् । पहिलो खाना १२ बजेपछि मात्र खानुहोस् ।

  • यदि तपाईंलाई भोक लाग्यो भने, तपाईं कालो मरिच-मह-कागतीको रस पानीमा मिसाएर फेरि पिउन सक्नुहुन्छ ।

ईशा योग केन्द्रमा साधना समापन

Picture of the statue of Nandi at Isha Yoga Center

यो साधना महाशिवरात्रिको दिन समापन गरिनुपर्ने छ । ईशा योग केन्द्रमा उपस्थित भई साधना समापन गर्नु उत्तम हुनेछ ।

१. जागरणमा रहन जरूरी छ, यसको अर्थ पूरै रातभरि जागा बस्नुपर्ने छ ।

२. योग योग योगेश्वाराय मन्त्र ११२ पटक उच्चारण गर्नुहोस् ।

३. पैसा वा भोजन अत्यावश्यक भएका कोही ३ जनालाई केही दिनुहोस् ।

४. ध्यानलिङ्गमा वेल पत्र/ नीम पत्र/ ३ वा ५ पत्रे पात चढाउनुहोस् ।

५. माथि उल्लेख गरिएका प्रकियाहरू गरेपछि, पाखुरामा बाँधिएको कपडा फुकाल्नुहोस्, अनि ध्यानलिङ्गको अगाडि रहेको नन्दीको नजिक बाँध्नुहोस् । ध्यानलिङ्गको अगाडि कपडा बाँध्नाले कर्मका छापहरू विसर्जन गर्ने अवसरहरू प्राप्त हुन्छ, जुन व्यक्तिले स्थान छोडेर गएपछि पनि कायम रहन्छ ।

६. ११२ फिट आदियोगी परिक्रमा गर्नुहोस् ।

घरमा समापन गर्ने तरिका

Picture of Dhyanalinga

यदि तपाईं ईशा योग केन्द्रमा उपस्थित हुन सक्नुहुन्न भने महाशिवरात्रिमा तपाईं आफ्नो घरमै साधना समापन गर्न सक्नुहुन्छ ।

१. जागरणमा रहन जरूरी छ, यसको अर्थ पूरै रातभरि जागा बस्नुपर्ने छ ।

२. योग योग योगेश्वाराय मन्त्र ११२ पटक उच्चारण गर्नुहोस् ।

३. पैसा वा भोजन अत्यावश्यक भएका कोही ३ जनालाई केही दिनुहोस् ।

४. ध्यानलिङ्गको फोटोमा वेल पत्र/ नीम पत्र/ ३ वा ५ पत्रे पात चढाउनुहोस् । तपाईंले साधना सामग्रीमा फोटो पाउन सक्नुहुन्छ ।

५. माथि उल्लेख गरिएका प्रकियाहरू गरेपछि, आफ्नो पाखुराबाट कपडा फुकाल्नु'स्, कपडा जलाउनु'स् अनि बचेको खरानी पाखुरा र खुट्टाहरूमा लगाउनु'स् ।

खानाको लागि निर्देशन

Picture of typical food served at the Ashram
  • बिहानी खाजाको लागि ८-१० वटा कालो मरिचको दाना अनि २-३ वटा नीम वा बेलको पात महमा डुबाउनुहोस् । एक मुठी बदाम (मुमफली) लाई पानीमा भिजाउनुहोस् । शिव नमस्कार र मन्त्र उच्चारण पछि, पातहरू चबाउनुहोस्, कालो मरिच र महलाई कागती पानीमा मिसाएर खानुहोस् । साथै, भिजाएको बदाम पनि खानुहोस् ।

  • यदि नीम वा बेल पत्र उपलब्ध छैन भने, नीमको धुलो (पाउडर) प्रयोग गर्न सक्नुहुन्छ ।

  • दिनमा दुई पटक मात्र खाना खानुहोस् । पहिलो खाना १२ बजेपछि मात्र खानुहोस् ।

  • आफ्नो नियमित साधना, जस्तै कि शाम्भवी महामुद्रा सकिएपछि मात्रै यो खान सक्नुहुन्छ ।

याद राख्नुहोस्

याद राख्नुहोस्

  • धुम्रपान, मदिरा सेवन र मांसाहारी भोजन नगर्नुहोस्

  • केवल सेतो वा फिका रङ्गको कपडा लगाउनुहोस्

  • गर्भवती महिलाहरूले शिव नमस्कार नगर्नुहोस् ।

  • स्त्रीहरूले आफ्नो महिनावारीको समयमा शिव नमस्कार गर्न सक्नुहुन्छ ।

  • यदि कसैलाई हर्नियाको समस्या छ भने, चकटी राखेर वा कुर्सीमा बसेर शिव नमस्कारको अर्को रूप अभ्यास गर्न सक्नुहुन्छ ।

साधना सामग्री निशुल्क डाउनलोड गर्नुहोस्

This sadhana kit includes...

  • साधनासम्बन्धी निर्देशनहरू

  • योग योग योगेश्वराय मन्त्र

  • सर्वेभ्यो मन्त्र