प्रस्तुतिहरू

प्रसिद्ध कलाकारहरूको सङ्गीत, नृत्य र साँस्कृतिक प्रदर्शनहरूले तपाईंलाई रातैभरि जागा र जीवन्त बनाउने छन्, ताकि तपाईं यस पवित्र रातको सम्भावनाहरूको लाभ उठाउन सक्नुहोस् ।

मङ्गली

मङ्गली भारतीय गायिका, टेलिभिजन उद्‌घोषक अनि अभिनेत्री हुनुहुन्छ । उहाँलाई सन् २०१३ मा गायन शुरु गर्ने अवसर मिलेको थियो, अनि त्यसबेला देखि उहाँका गीतहरूले, विशेषगरी तेलुगु गीतहरूले विशाल प्रशंसकहरू एकत्रित गरेको छ । उहाँलाई यु ट्युबमा लाखाौ दर्शकहरूले हेर्नुहुन्छ, साथै भारत र विदेशका उत्सवहरूमा आफ्नो कला प्रस्तुत गर्नको लागि उहाँलाई नै बढी खोजिन्छ ।

ईशा संस्कृति

ईशा संस्कृति बच्चाहरूको समग्र विकासमा समर्पित शिक्षा प्रणाली हो । समर्पण, अनुशासन र एकाग्र वातावरणमा बच्चाहरूलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा आफ्नो पूर्ण क्षमता पहिचान गर्न सक्षम बनाउनको लागि, योग अभ्यासहरू, संस्कृत, भरतनाट्यम, शास्त्रीय सङ्गीत र मार्सल आर्ट्समा कलरिपायट्टू जस्तो प्राचीन शास्त्रीय कलाहरूको अद्वितीय संयोजन गरिएको छ ।

नीरज आर्य को कबिर क्याफे

नीरज आर्य को कबिर क्याफे, नियो फोक फ्युजनको रक ब्यान्ड हो, जसले १५ औँ शताब्दीका सन्त कबिरका पङ्क्तिहरूलाई रक, पप र कर्नाटक सङ्गीतको फ्युजनको रूपमा हामीसामु प्रस्तुत गर्दछ । यस ब्यान्डले यो विश्वास गर्दछ कि चाहे जेसुकै भएपनि मानिस भित्र गहिराइमा आध्यात्मिक नै हुन्छ— र यही विश्वासले उनीहरूको सङ्गीत जीवन्त बनेको छ ।

कुत्ले खान प्रोजेक्ट

कुत्ले खान प्रोजेक्ट, सङ्गीतको असीम संसारमा कुत्ले खानको यात्रा हो । राजस्थानी लोक सङ्गीत लाई प्रखर रूपमा प्रस्तुत गर्दै, विश्वभरिका साङ्गीतिक शैलीहरूको उत्तम मिश्रण प्रस्तुत गर्नुहुने खानले 2015 मा GIMA award र 2019 मा सर्वश्रेष्ठ लोक गायक सहित थुप्रै उपाधिहरू प्राप्त गर्नुभएको थियो ।

तमिलनाडु को थप्पु फोक ड्रमरर्स

थप्पट्टम तमिल नाडुको लोक कला हो, जसमा कलाकारहरू नाच्नुको साथै बाद्यवादन समेत गर्दछन् । यस्तो भनिन्छ कि थप्पु, तमिल मानिसहरूद्वारा निर्माण गरिएको पहिला वाद्य थियो । थप्पु ती वाद्य यन्त्रहरू मध्ये एक थियो, जसलाई पहिला पूजाआजाको लागि प्रयोग गरिन्थ्यो ।

साउण्ड्स अफ ईशा

‘साउण्ड्स अफ ईशा’ अप्रशिक्षित सङ्गीतकारहरूको समूह हो, जसको एउटै अभिलाषा छ— सद्‌गुरु को कृपालाई आफ्नो सङ्गीत द्वारा व्यक्त गर्ने ।

सन्दीप नारायण

सन्दीप नारायण कर्नाटक शास्त्रीय गायक हुनुहुन्छ, जो शास्त्रीय कलालाई समकालीन रूपमा प्रस्तुत गर्नको लागि चिनिनुहुन्छ । उहाँले सन् २०१९ मा उस्ताद बिस्मिल्लाह खान युवा पुरस्कार अनि सन् २०१७ मा सङ्गीत एकेडेमी मद्रासद्वारा ‘सर्वोत्कष्ट रागम तानम पल्लवी’ अर्वाड लगायत अन्य थुप्रै अवार्डहरू प्राप्त गर्नुभएको छ ।

पार्थिव गोयल

पार्थिव गोयल बलिउड र गुजराती सङ्गीत उद्योगमा आफ्नो कामको लागि प्रख्यात हुनुहुन्छ साथै उहाँ सङ्गीतकारको रूपमा अत्यन्तै बहुमुखी हुनुहुन्छ । पण्डित हरि प्रसाद चौरासिया, उस्ताद सुल्तान खान र गुन्डेचा ब्रदर्स जस्ता गुरुहरू देखि इसमेल दरबार, मोन्टी शर्मा, लेस्ली लिवीज जस्ता समकालीन सङ्गीतकारहरूको छत्रछायाँमा हुर्किनुभएका गोयलले श्रोताहरूलाई साङ्गीतिक रागहरूबाट खुट्टा बजार्ने पप धुनहरूमा सहजै लैजान सक्नुहुन्छ ।

एन्थोनी दासन

एन्थोनी दासन, भारतीय पार्श्वगायक र लोक गायक, गीतकार र सङ्गीतकार हुनुहुन्छ, जसले देहाती लोक शैली र प्रयोगात्मक समकालीन शैलीलाई संयुक्त रूपमा प्रस्तुत गर्नुहुन्छ । थुप्रै अर्वाडहरूबाट सम्मानित एन्थोनी सन् २०१२ मा MTV Coke Studio India मा प्रस्तुत हुनुभएको थियो साथै उहाँले अग्रणी कम्पोजरहरू साथै प्रख्यात AR Rahman सँग काम गर्नुभएको छ ।

detail-seperator-icon

अघिल्लो वर्षका प्रस्तुतिहरू

Amit-Trivedi

Amit Trivedi

Hariharan

Hariharan

Karthik

Karthik

Sonu Nigam at Mahashivratri 2018 Celebrations at Isha Yoga Center

Sonu Nigam (Special Guest Performance)

Daler Mehndi at Mahashivratri 2018 Celebrations at Isha Yoga Center

Daler Mehndi

Sean Roldan and Friends at Mahashivratri 2018 Celebrations at Isha Yoga Center

Sean Roldan and Friends

detail-seperator-icon