Venue
Celebrate this Mahashivratri live with us at Isha Yoga Center. Goto page
“मेरो कामना र आशीर्वाद यही छ कि तपाईंले कम्तीमा एक क्षणको लागि भएपनि ‘विराट् शून्यता’ वा ‘शिव’ लाई अनुभव नगरिकन यो रात यत्तिकै बिताउन हुँदैन । महाशिवरात्रिको रात तपाईंको लागि केवल जागा बस्ने रात नबनोस्— यो रात तपाईंहरूको निम्ति तीव्र जीवन्तता र चैतन्य जागृतिको रात बन्नुपर्छ !” – सद्गुरु
यस संस्कृतिको पावन भूमिमा आध्यात्मिक विकासको लागि थुप्रै चाडपर्वहरू मनाइन्छ, जसमा महाशिवरात्रि सबैभन्दा बढी प्रभावशाली छ । यस रातमा ग्रहहरू विशेष स्थितिमा रहने हुनाले तपाईं रातभरि आफ्नो मेरुद्दण्ड (ढाड) सिधा राखी जागा एवं सचेतन रहनुभयो भने शारीरिक र आध्यात्मिक रूपमा लाभान्वित हुनुहुनेछ ।