logo
logo

शिवका १०८ नामहरू र तिनको अर्थ

शिवका अनेक नामहरूले उनको विभिन्न आयामहरू दर्शाउँछन् । सद्‌गुरु, शिवका यति धेरै नामहरू हुनुको कारणबारे बुझाउँदै हुनुहुन्छ साथै शिवको १०८ नामहरूको सूची दिइएको छ ।

 सद्‌गुरु भन्नुहुन्छ, "योग परम्परामा, शिवलाई एक गुरुको रूपमा पुजिन्छ, भगवानको रूपमा होइन । हामी जसलाई शिव भनिरहेका छौँ, उनका विभिन्न आयामहरू छन् । तपाईं जो कसैलाई जे–जति गुणहरूले सम्बोधन गर्न सक्नुहुन्छ, ती सबै गुणहरूले शिवलाई सम्बोधन गरिन्छ । जब हामी शिव भन्छौँ, उनी यस्ता थिए वा त्यस्ता थिए भनिरहेका होइनौँ ।

साधारणतया, नैतिकतामा आधारित परम्पराहरूले सदैव दिव्यतालाई राम्रो भनेर बुझ्छन् । तर, यदि तपाईंले शिवलाई हेर्नुभयो भने, तपाईं कहिल्यै पनि राम्रो वा नराम्रो भनेर तय गर्न सक्नुहुन्न । अस्त्तित्वमा भएको प्रत्येक चीज शिवको अंश हो । परम्परा अनुसार उनलाई यस रूपमा वर्णन गरिएको छ ।"

सद्‌गुरु अगाडि बताउँदै हुनुहुन्छ, "शिवका असङ्ख्य रूपहरू छन्, तर मौलिक रूपमा हामी यिनलाई सात श्रेणीहरूमा वर्गीकरण गर्न सक्छौँ । टाढाको देवता जसलाई हामी ईश्वर भन्छौँ; उदार व्यक्तिगत देवता, जसलाई हामी शम्भो भन्छौँ; सोझो तपस्वी जसलाई भो वा भोला रूप भएको सम्बलेश्वर वा भोले भनिन्छ; वेदहरूको ज्ञानी आचार्य जसलाई दक्षिणमूर्ति भनिन्छ; सबै कलाहरूको मूल, जसलाई नटेश वा नटराज भनिन्छ; दुष्टहरूलाई संहार गर्ने उग्र रूपी कालभैरव वा महाकाल; प्रेमीहरूमा सबैभन्दा प्रेमी सोमसुन्दर, जो चन्द्रमा भन्दा बढी सुन्दर छन् । यी सात मूल रूपहरू हुन्, जसबाट लाखौँ रूपहरू पाउन सकिन्छ ।"

योग परम्परामा शिवका १००८ नामहरू छन्, जुन सातवटा रूपहरूबाट आएका हुन् । ती १००८ नामहरूमध्ये, यी १०८ नामहरू प्रचलित छन् :

शिवका १०८ नामहरू— अर्थ सहित


आशुतोष
जसले तत्काल सबै इच्छाहरू पूरा गरिदिन्छन्

आदिगुरु
प्रथम गुरु

आदिनाथ
प्रथम देव

आदियोगी
प्रथम योगी

अज
जसको जन्म भएको होइन

अक्षयगुण
जसमा अनन्त गुणहरू छन्

अनघ
दोषरहित

अनन्तदृष्टि
जसको दुरदृष्टिको कुनै अन्त्य छैन

औगढ
जो हर समय मस्तीमा हुन्छन्

अव्ययप्रभु
जसको नाश हुँदैन

भैरव
डरलाई नष्ट गर्ने खालको

भालनेत्र
जसको निधारमा आँखा छ

भोलेनाथ
जो अत्यन्तै सरल छन्

भूतेश्वर
जसले तत्त्वहरूमाथि पूरै महारथ पाएका छन्

भूदेव
पृथ्वीको स्वामी

भूतपाल
देह विहीन जीवहरूका रक्षक

चन्द्रपाल
चन्द्रमाको स्वामी

चन्द्रप्रकाश
जसको शिरमा चन्द्रमा विराजमान् छ

दयालु
दया वा करूणा भएको

देवाधिदेव
देवाताहरूका देव

धनदीप
धन सम्पत्तिको देवता

ध्यानदीप
ध्यानको प्रकाश

द्युतिधारा
प्रतिभाको देवता

दिगम्बर
जसले आकाशलाई वस्त्र जसरी धारण गर्छन्

दुर्जनीय
जसलाई जान्न कठीन छ

दुर्जय
जो कहिल्यै कसैसँग हार्दैनन्

गङ्गाधर
जसले गङ्गा नदीलाई धारण गरे

गिरिजापति
गिरिजा (पर्वत पुत्री) को पति

गुणाग्रही
जसले गुणहरूलाई स्वीकार गर्छन्

गुरुदेव
महान् गुरु

हर
जो पापहरू हरण गर्छन्

जगदीश
ब्रम्हाण्डको स्वामी

जराधीशमान
जो वेदनाहरूबाट मुक्ति दिन्छन्

जतिन
जटाधारी

कैलाश
जो शान्ति प्रदान गर्छन्

कैलाशधिपति
कैलाश पर्वतको राजा

कैलाशनाथ
कैलाश पर्वतको स्वामी

कमलाक्षण
कमल जस्तो आँखा भएका देवता

कान्त
सदैव प्रकाशमान्

कपाली
जसले खोपडीहरूको माला लगाउँछन्

कोचादाइयाँ
लामो जटावाला देवता

कुण्डलिन
जो कानमा कुन्डल लगाउँछन्

ललाटक्ष
जसको निधारमा चक्षु छ

लिङ्गध्यक्ष
लिङ्गहरूको देवता

लोकाङ्कार
तीनवटै लोकहरूका रचनाकार

लोकपाल
जो सारा विश्वको हेरचाह गर्छन्

महाबुद्धि
सर्वाधिक बुद्धि भएका

महादेव
देवताहरूमा सबभन्दा महान्

महाकाल
समयको स्वामी

महामाया
मायाको स्वामी

महामृत्युञ्जय
जसले मृत्युमाथि महान् विजय प्राप्त गरे

महानिधि
सारा सम्पत्तिहरूका स्वामी

महाशक्तिमाया
जसका उर्जाहरू असीमित छन्

महायोगी
महानतम योगी

महेश
सर्वोच्च ईश्वर

महेश्वर
देवताहरूका स्वामी

नागभुषण
जसको आभूषण सर्प हो

नटराज
नृत्य कलाको राजा

नीलकण्ठ
जसको कण्ठ नीलो छ

नित्यसुन्दर
सदैव सुन्दर

नृत्यप्रिय
नृत्य प्रेमी

ओम् कार
जो ॐ को रूप हुन्

पालनहार
जो सबको रक्षा गर्छन्

पञ्चटसरण
अत्यन्त शक्तिशाली

परमेश्वर
सबै देवहरूमा प्रथम

परमज्योति
सर्वोत्तम तेज भएका

पशुपति
सम्पूर्ण जीवहरूका स्वामी

पिनाकिन
जसको हातमा धनुष छ

प्रणव
मूल ध्वनि ॐ को जनक

प्रियभक्त
भक्तहरूका प्रिय देव

प्रियदर्शन
जसको दर्शन अत्यन्त प्रिय हुन्छ

पुष्कर
जो पोषण दिन्छन्

पुष्पलोचन
फूलजस्तो आँखा भएका

रविलोचन
सूर्यजस्तो आँखा भएका

रुद्र
जो गर्जिन्छन्

सदाशिव
जो सबैभन्दा पर गइसकेका छन्

सनातन
अनादि, अनन्त ईश्वर

सर्वाचार्य
सर्वोच्च शिक्षक

सर्वशिव
सदैव रहने खालको स्वामी

सर्वत्पन
जसद्वारा सबैथोक आएको हो

सर्वयोनी
सबैथोकको स्रोत

सर्वेश्वर
सबैका स्वामी

शम्भो
जो सबैभन्दा शुभ छन्

शङ्कर
सबै देवताहरूका स्वामी

शान्त
जो सधैँ परम शान्तिमा हुन्छन्

शुलिन
आनन्द दाता

श्रेष्ठ
चन्द्रमाको स्वामी

श्रीकान्त
सदैव शुद्ध

श्रूति प्रकाश
जोसँग त्रिशुल छ

स्कन्दगुरु
जसले वेदहरूलाई प्रकाशित गरे

सोमेश्वर
जसको शरीर शुद्ध छ

सुकद
जो आनन्द दिन्छन्

स्वयम्भू
स्वतः उत्पन्न

तेजस्वनि
जो प्रकाश फैलाउँछन्

त्रिलोचन
तीनवटा लोचन (आँखा) भएका देवता

त्रिलोकपति
तीनवटै लोकहरूका स्वामी

त्रिपुरारी
जसले त्रिपुर (असुराहरूद्वारा निर्मित तीन ग्रह ) लाई नष्ट गरे

त्रिशूलिन
जसको हातमा त्रिशूल छ

उमापति
उमा (पार्वती) की पति

वाचस्पति
वाणीको स्वामी

वज्रहस्त
जसको हातमा वस्त्र छ

वरद
जसले वर दिन्छन्

वेदकर्ता
वेदहरूका जनक

वीरभद्र
पाताल लोकहरूका स्वामी

विशालाक्ष
ठुला आँखा भएका स्वामी

विश्वेश्वर
ब्रम्हाण्डको स्वामी

विश्वनाथ
विश्वको स्वामी

वृषवाहन
जसको वाहन साँढे हो

    Share

Related Tags

आदियोगी

Get latest blogs on Shiva

Related Content

शिव र काली— तान्त्रिक प्रतीकको अर्थ