प्रश्न: मैले सुनेको छु कि सम्यमाले तपाईंको कर्म विसर्जन गर्न सहयोग गर्छ, तर म जान्न चाहन्छु कि यसले कसरी काम गर्छ र के यसले मृत्यु र पुनर्जन्मको चक्रबाट मुक्ति दिन्छ ?

सद्‌गुरु: मूल रूपमा, सबै आध्यात्मिक प्रक्रिया तपाईंको जीवनलाई तीव्र गतिमामा अघि बढाउनको लागि हो । यदी तपाईं साधारण तरिकाले हिँड्नुहुन्छ भने धेरै समय लाग्न सक्छ । त्यसैले, आध्यात्मिक प्रक्रिया त्यस्ता मानिसहरूका लागि हो जो बिस्तारै होइन, चाँडै पुग्न चाहन्छन् । उनीहरु आफ्नो लक्ष्यमा चाँडो भन्दा चाँडो पुग्न चाहन्छन् । यदी तपाईंले मलाई भन्नुहुन्छ कि तपाईं कति चाँडो त्यहाँ पुग्न चाहनुहुन्छ, हामी त्यही अनुसार तपाईंको साधनालाई तयार पार्न सक्छौं । तर तपाईंले बुझ्नुपर्छ, जब कुराहरू चाँडो गतिमा चलिरहेका हुन्छन्, त्यहाँ एक निश्चित अनुशासन कायम राख्नुपर्छ । यदी तपाईं सडकमा हिँड्दै हुनुहुन्छ वा जङ्गलको बाटोबाट गुज्रिँदै हुनुहुन्छ, र तपाईंले इमलीको रुख देख्नुभयो भने तपाईंको मुख रसाउने छ । तपाईंले त्यसलाई टिप्न सक्नुहुन्छ; फूलहरू पनि राम्रा हुन्छन् । केहि फूलहरु पनि खान सक्नुहुन्छ । यदी तपाईं हिँड्दै हुनुहुन्छ भने त्यो ठीक छ, रुखमा चढेर जति चाहनुहुन्छ त्यति इमली खान सक्नुहुन्छ र आफ्नो बाटो लाग्न सक्नुहुन्छ । यदि तपाईं गोरुगाँडामा हिँड्दै हुनुहुन्छ भने, तपाईंले चाँडो गर्नुपर्छ - जे पाइन्छ, त्यसलाई टिप्नुपर्छ; छान्न सक्नुहुन्न । तपाईं कारमा हिँड्दै हुनुहुन्छ भने, टिप्नु खतरनाक हुन सक्छ । त्यसो गर्दा, तपाईंको हात काटिन सक्छ । हवाइजहाजमा उडिरहेको हुनहुन्छ भने, त्यस्ता कुराहरू कल्पना पनि गर्न सक्नुहुन्न । तपाईंले हात बाहिर निकाल्नै हुँदैन ।

यदि तपाईं भित्र जीवनको मूल स्रोत के हो भनि जान्ने चाहना जागेको छ भने, तपाईंले अलिक गम्भीर रुपमा प्रयास गर्नुपर्छ । सम्यमा त्यही नै हो ।

मानिसहरूले आफ्नो यात्राको तरिका आफ्नो इच्छुकता अनुसार रोज्नुपर्छ - तपाईंमा गन्तव्य सम्म पुग्ने कत्तिको गहिरो चाहना छ वा तपाईंलाई गन्तव्यको मतलब नै छैन बस् यात्राकै आनन्दमा मस्त हुनुहुन्छ । मानिसहरुले आफ्नो गन्तव्यबारे मतलब नगर्ने भन्ने होइन, कसैले पनि मलाई मतलब छैन भनि भन्न सक्दैन । अहिले यहाँ बस्दा उनीहरुलाई वास्ता छैन किन भने यो आरामदायी छ । जब समय बितेर जानेछ अनि उनीहरुले वास्ता गर्न थाल्छन् । सबैजना आफ्नो गन्तव्यमा पुग्न चाहन्छन्; प्रश्न यत्ति हो कि तपाईं कत्तिको लामो समयसम्म प्रतिक्षा गर्न चाहनुहुन्छ ।

सम्यमा त्यस्तो प्रक्रिया हो, जहाँ हामी तपाईंलाई तीव्र गतिमा लैजान्छौं । तर एकदमै सुरक्षित वातावरणमा । यदि तपाईंले सुरक्षित वातावरण बिना आफैं गर्न खोज्नुभयो भने, यो खतरनाक हुन सक्छ । यदि यो सुरक्षित वातावरणमा भएन भने यसले मानिसहरूको दिमागलाई तहसनहस गर्न सक्छ । हामी यति कडा नियमहरू बनाउँछौं किनभने हामी यहाँ जे गरिदैछ त्यसमा उचित अनुशासन र एकाग्रता चाहन्छौं । अन्यथा, बसमा यात्रा गर्दा पनि यदि तपाईंले इमलीको रुखमा समात्नुहुन्छ भने, कि त बस रोकिनुपर्छ वा तपाईंले आफ्नो हात त्यही छोडेर जानुपर्छ । कुनै न कुनै कुरा त हुनैपर्छ । अन्यथा, तपाईंले हात बाहिर निकाल्नु नै हुदैँन । तपाईंले बस् चलिरहेको दृश्य हेर्नुपर्छ । यदि तपाईं हिँड्दै हुनुहुन्छ भने, त्यस्तो हुदैँन; तर यसमा धेरै समय लाग्छ । कोइम्बटोरसम्म पुग्न पनि धेरै समय लाग्न सक्छ ।

सम्यमा त्यो आयाम हो, जहाँ जे अपारदर्शी छ, त्यसलाई हामी पारदर्शी बनाउन चाहन्छौं ।

त्यसैले सम्यमा आफैमा न त खतरनाक छ, न कुनै व्यक्ति यसको लागि तयार छन् वा छैनन् भन्ने कुरा होइन । हरेक मानिसको यसतर्फ झुकाव हुन्छ; तर तयारीका चरणहरू बिना, निश्चय नै, उनीहरूले यसलाई कठिन महसुस गर्न सक्छन्; आवश्यक इच्छुकता बिना, उनीहरूले यसलाई कठिन महसुस गर्न सक्छन् । त्यसैले, म भन्छु, यदि तपाईं केवल राम्रो जीवनको बारेमा सोच्दै हुनुहुन्छ - राम्रो जीवन भनेको, शान्त, खुशी, प्रेमपूर्ण जीवन - तब इनर इन्जिनियरिङ र भाव स्पन्दन कार्यक्रम तपाईंको लागि पर्याप्त हुनेछ । तर यदि तपाईं भित्र जीवनको मूल स्रोत के हो भनि जान्ने इच्छा जागेको छ भने, तपाईंले अलिक गम्भीर रुपमा प्रयास गर्नुपर्छ । सम्यमा त्यही नै हो । अर्थात्, तपाईंले बिस्तारै आफुलाई एकातिर राख्न सिक्नुहुन्छ, जुन तपाईं तब मात्र गर्न तयार हुनुहुनेछ, जब तपाईं यो बुझ्नुहुन्छ कि तपाईं यस सृष्टिमा एकमात्र बाधा हुनुहुन्छ । एउटै समयमा, यदि तपाईं चाहनुहुन्छ भने, तपाईं एक ढोका बन्न सक्नुहुन्छ । यो एउटा ढोका जस्तै हो । यदि ढोका बन्द छ भने त्यो एउटा बाधा हो । यदि खुला छ भने त्यो एक मार्ग हो, होइन र ? त्यसैले तपाईं त्यस्तै हुनुहुन्छ । तपाईं अपारदर्शी र एक रोकावट बन्न सक्नुहुन्छ । प्रतीकात्मक रूपमा, यदी म तपाईंको लागि ढोकाहरू बन्द छन् भन्छु भने, त्यसको मतलब तपाईं जान सक्नुहुन्न । यदि एउटा ढोका छ भने, त्यसलाई खोल्ने तरिका पनि हुनुपर्छ, होइन र ? अहिले त्यो बन्द छ, तर यदि त्यहाँ ढोका छ भने, त्यहाँ एउटा सम्भावना पनि छ । यदि सबैतिर पर्खाल लगाएको हुन्थ्यो भने, त्यो फरक कुरा हुनेथ्यो । यो त ढोका हो । कसैले त्यसलाई निश्चय नै बन्द गरेको छ, तर यदि तपाईं तयार हुनुहुन्छ भने, तपाईं त्यसलाई खोल्न सक्नुहुन्छ ।

समयमा त्यो आयाम हो, जहाँ जे अपारदर्शी छ त्यसलाई हामी पारदर्शी बनाउन चाहन्छौं । यदि त्यो सम्भव छैन भने, कम्तीमा अर्ध-पारदर्शी बनाउन, ताकि यदि यसले तपाईंलाई गुज्रिन दिँदैन भने, कम्तीमा तपाईंले स्पष्ट रूपमा जीवनको अर्को आयाम देख्न त सक्नुहुन्छ । एक पटक त्यस आयामलाई देखे पछाडी, तपाईंले अब आफूलाई मुर्ख बनाउन सक्नुहुन्न । तपाईंलाई थाहा हुनेछ कि तपाईं त्यहाँ जानैपर्ने हुन्छ ।

Editor's Note: Learn more about the Samyama program.