logo
logo

योग योग योगेश्वराय मन्त्र

"आदियोगी शिवको महत्त्व यही हो कि उनले मानव चेतनालाई माथि उठाउनको लागि यस्ता विधि र तरिकाहरू प्रदान गरेका थिए, जुन सदैव सान्दर्भिक छन् ।" – सद्‌गुरु


सम्पूर्ण मानवताप्रति आदियोगी शिवको अतुलनीय योगदानको प्रतीक स्वरूप सद्‌गुरुद्वारा 'योग योग योगेश्वराय' मन्त्र अर्पण गरिएको छ । शिवका अनेक रूपहरू छन्, जसले मानव मनले बोध गर्न सक्ने अनि त्यसभन्दा पर सम्भव भएसम्म सबै गुणहरूलाई समाहित गर्दछन् । सम्पूर्ण रूपहरूमध्ये, यी पाँच रूपहरूलाई मौलिक मानिन्छ— योगेश्वर, भूतेश्वर, कालेश्वर, सर्वेश्वर र शम्भो । थप जान्नुहोस्:

यस मन्त्रको जप गर्नाले हाम्रो प्रणालीमा गर्मी वा उष्ण उत्पन्न हुन्छ साथै मन्त्रोच्चारणले प्रतिरक्षा प्रणाली बलियो बनाउन सहायता गर्न सक्दछ ।

योग योग योगेश्वराय मन्त्र यहाँ सुन्नुहोस्

योग योग योगेश्वराय
भूत भूत भूतेश्वराय
काल काल कालेश्वराय
शिव शिव सर्वेश्वराय
शम्भो शम्भो महादेवाय

अनुवाद


"उनलाई प्रणाम छ
जो योगेश्वर हुन्, जसले भौतिकता पार गरेका छन्,
जो भूतेश्वर हुन्, जसले पञ्च–तत्त्वहरूलाई आफ्नो अधीनमा लिएका छन्,
जो कालेश्वर हुन्, जसले समयलाई आफ्नो वशमा राखेका छन् अनि समयको चक्रहरूबाट पर छन्,
शिव–सर्वेश्वर, जो सर्वत्र व्याप्त छन् साथै हरेक चीजको आधार हुन्,
शम्भो लाई प्रणाम, जो सबैभन्दा महान् देव, महादेव हुन् !"

    Share

Related Tags

Get latest blogs on Shiva