जो व्यक्तिहरू महाशिवरात्रिमा ईशा योग केन्द्रमा उपस्थित हुन सक्नुहुन्न, उहाँहरूले निम्नलिखित तरिकाहरू अपनाएर यस रातको लाभ लिन सक्नुहुन्छ:
महाशिवरात्रि को रातको सबैभन्दा बढी लाभ लिनको लागि तपाईंले आफ्नो मेरुद्दण्ड (ढाड) लाई सिधा राखी जागा र सचेतन रहनुपर्छ । (तपाईं पल्टिनु हुँदैन ।)
आफ्नो कोठालाई तयार गर्नको लागि तपाईं दियो वा लिङ्ग ज्योति बाल्न सक्नुहुन्छ । साथै, ध्यानलिङ्ग यन्त्र वा सद्गुरु को तस्विर, फूल र धूप प्रयोग गर्न सक्नुहुन्छ ।
तपाईं मन्त्र उच्चारण गर्न सक्नुहुन्छ, अनि भक्तिमय गीत एवं मन्त्रहरू सुन्न वा गाउन सक्नुहुन्छ ।
यदि एक्लै हुनुहुन्छ भने केहीबेर यताउति हिँड्ने र प्रकृतिको सम्पर्कमा रहनु सहायक हुनेछ । यदि तपाईं अरू मानिसहरूसँग हुनुहुन्छ भने सकेसम्म शान्त रहनु राम्रो हुनेछ ।
मध्यरात्रि साधना गर्ने तरिका:
राति ११:१० देखि ११:३० सम्म नाडी शुद्धि प्राणायाम
११:३० देखि १२:५० सम्म ॐ मन्त्र उच्चारण
११:५० देखि १२:१० सम्म "ॐ नम: शिवाय" महामन्त्र उच्चारण गर्नुहोस्
यदि तपाईं इन्टरनेट वा टि.भी. मार्फत प्रत्यक्ष प्रसारणको माध्यमले महाशिवरात्रि उत्सवमा जोडिनुभएको छ भने तपाईं त्यहीँ उल्लेख गरिने निर्देशनहरू पालन गर्न सक्नुहुन्छ ।
मध्यरात्रि ध्यान
मध्यरातमा सद्गुरुले विशाल जन-समुहलाई एकदमै शक्तिशाली ध्यान प्रक्रियामा दीक्षित गर्नुहुन्छ, जुन महाशिवरात्रि को रातको सबैभन्दा ठूलो आकर्षण हो ।
सद्गुरुले यो निर्देशन दिनुभएको छ कि मध्यरात्रि ध्यान आफ्नो क्षेत्रको मध्यरात्रि समयमा गरिनुपर्छ (यो मध्यरात हुनु २० मिनेटअघि शुरु हुन्छ) ।
यहाँ प्रत्यक्ष प्रसारण हेर्न सक्नुहुन्छ
शक्तिशाली मन्त्र उच्चारण
एउटा सरल मन्त्र, आत्मज्ञानी गुरुको सानिध्यमा तपाईंलाई रूपान्तरण गर्ने शक्तिशाली प्रक्रिया बन्दछ । यस महाशिवरात्रि, सद्गुरु द्वारा निर्देशित ध्यान प्रक्रियामा हामीसँग प्रत्यक्ष प्रसारण मार्फत जोडिनुहोस् ।