logo
logo

महाशिवरात्रि को लाभहरू

महाशिवरात्रि पर्व, आध्यात्मिक मार्गमा हिँड्ने साधकहरूका निम्ति अत्यन्तै महत्त्वपूर्ण छ । त्यसैगरी, जो मानिसहरू गृहस्थ जीवनमा छन् वा जसमा संसारमा केही गर्ने महत्त्वकाङ्क्षा हुन्छ, उनीहरूका लागि पनि महाशिवरात्रि त्यति नै अहम छ ।

जैविक शास्त्रका विशेषज्ञहरूको अनुसार, प्राणीहरूको विकास प्रक्रियामा सबैभन्दा ठूलो पाइला यो थियो कि उनीहरू चार हात–खुट्टाले हिँड्नेबाट दुई खुट्टाले हिँड्ने बनेका थिए, अर्थात् उनीहरूको मेरुद्दण्ड सिधा भएको थियो । यही विकासपछि मात्र बुद्धिमत्ता प्रस्फुरित भएको हो । अत: रातभरि चल्ने महा–उत्सव, महाशिवरात्रिमा शक्तिशाली रूपमा ऊर्जा स्वत: माथितर्फ प्रवाह हुने भएकोले, सही किसिमका मन्त्रहरू अनि ध्यानको सहायताले हामी यो विशाल अवसरको उपयोग गर्दछौँ, ताकि हामी एक कदम चैतन्यको नजिक पुग्न सकौँ ।

महाशिवरात्रि किन मनाइन्छ ?


तपाईंको जीवनमा कुनै साधना नभए तापनि, यस रातमा हाम्रो प्रणालीमा शक्तिशाली रूपमा ऊर्जा माथितर्फ बढ्दछ । तर विशेषगरी, योग–साधना गर्ने व्यक्तिहरूका निम्ति, यस रातमा आफ्नो शरीरलाई सिधा अवस्थामा राखेर जागा रहनु असाध्यै महत्त्वपूर्ण छ ।

महाशिवरात्रि पर्व, आध्यात्मिक मार्गमा हिँड्ने साधकहरूका निम्ति अत्यन्तै महत्त्वपूर्ण छ । त्यसैगरी, जो मानिसहरू गृहस्थ जीवनमा छन् वा जसमा संसारमा केही गर्ने महत्त्वकाङ्क्षा हुन्छ, उनीहरूका लागि पनि महाशिवरात्रि त्यति नै अहम छ । घर–गृहस्थ सम्हालेका मानिसहरू यस दिनलाई शिव–पार्वतीको वैवाहिक वर्षगाँठ (विवाह भएको दिनको) रूपमा हेर्ने गर्छन् । सांसारिक महत्त्वकाङ्क्षा हुने मानिसहरू यस दिनलाई शिवले आफ्ना सबै शत्रुहरूलाई परास्त गरेको दिनको रूपमा हेर्ने गर्छन् । तर, तपस्वी र साधकहरूका निम्ति महाशिवरात्रि त्यो दिन हो, जब शिव कैलाश पर्वतमा विलिन भई एक भएका थिए ।

योग परम्परामा हामी शिवलाई भगवानको रूपमा हेर्दैनौँ, बरु प्रथम गुरु वा आदिगुरु को रूपमा हेर्दछौँ, जसमार्फत योगको विज्ञान उत्पत्ति भएको थियो । शिव अर्थात् "त्यो, जुन छैन ।" जब तपाईं आफूलाई यस्तो अवस्थामा पुऱ्याउनुहुन्छ, जहाँ स्वयं तपाईं रहनुहुन्न अनि शिवलाई हुन दिनुहुन्छ, तब जीवनमा बोध उदय हुन दिने अनि जीवनलाई पूर्ण स्पष्टताले हेर्ने सम्भावना जीवन्त बन्दछ ।

    Share

Related Tags

आदियोगी

Get latest blogs on Shiva

Related Content

शिव र विष्णु— ३ लोकप्रिय कथाहरू