Pre-order Sadhguru's new book - Karma: A Yogi's Guide to Crafting Your Destiny

प्रश्न: प्रणाम सद्‌गुरु। के जीवनका हरेक महत्त्वपूर्ण घटनाहरू कर्म वा परिस्थितिजन्य कुराहरूका कारण हुन्छन् ?

सद्‌गुरु: व्यक्तिगत कर्म पनि हुन्छ र सामूहिक कर्म पनि हुन्छ । एक परिवार, समुदाय, राष्ट्र र मानवताको रूपमा हामी आफ्नो बीचमा कर्मको स्मृति साझा गर्छौं । सायद व्यक्तिगत रूपमा हामीले केही गरेका थिएनौँ होला । तर हाम्रो समाजले केही कार्यहरू गर्छ; त्यसको कारणले परिणामहरू आउँछन् । कर्मलाई पुरस्कार र सजायको प्रणालीको रूपमा नबुझ्नुहोस् । त्यो त्यस्तो होइन । यो जीवनको आधार मात्र हो । स्मृति बिना जीवन सम्भव हुँदैन। एउटा अमीबा होस् वा मानव, स्मृतिको सामग्री बिना कुनै सिर्जना सम्भाव छैन । जीवनले आफैलाई दोहोर्याउन चाहन्छ भने त्यसलाई स्मृति चाहिन्छ । कर्म भनेको जीवनको स्मृति हो । शरीरको संरचना यसरी बनेको छ किनभने एक कोशीय जीवदेखि अन्य सबै रूपसम्म जीवनको स्मृति छ ।

तपाईं वरपर जेसुकै कार्यहरू भइरहेका छन्, त्यसले तपाईंलाई प्रभावित गर्नेछ ।

सामाजिक वा संसारका वास्तविकताहरूका कारण परिस्थितिहरू तपाईंमाथि घट्न सक्छन्। त्यहाँ लाखौं परिस्थितिहरू छन् जहाँ मानिसहरू आफुले केही नगरेको हुँदाहुँदै पनि मारिन्छन्। धेरै मानिसहरू आफूसँग कुनै सरोकार नराख्ने घटनाहरूसँग सम्बन्धित नहुँदा नहुँदै पनि पीडा र कष्टका विभिन्न तहमा जान्छन्। तर उनीहरू त्यही परिस्थितिमा छन् – त्यो नै उनीहरूको कर्म हो।

तपाईंले कर्मलाई यसरी हेरिरहनु भएको छ, "के यो मेरो गल्ती हो? मैले केही गरेकै छैन। किन मलाई यस्तो भयो?"  कर्म यस्तो हुँदैन। कर्म भनेको बस् एउटा स्मृति प्रणाली हो। यस स्मृति बिना कुनै संरचना हुन सक्दैन। सबै संरचनाहरूको निर्माण, र विशेष गरी जीवनका संरचनाहरू दोहोरिन्छ किनभने हरेक जीवनमा एउटा सुरक्षित स्मृतिको भण्डार छ। मानौ कि मलाई केही भयो जसको म सँग कुनै स्मृति छैन; तर तपाईं वरपरको समाजमा स्मृति हुन्छ, र त्यस्ता परिस्थितिहरू घट्छन्। संसारसँग स्मृति हुन्छ, र त्यस्ता परिस्थितिहरू घट्छन्; र तपाईंवरपर गरिएका कार्यहरूले तपाईंलाई प्रभावित गर्नेछन्।

सामूहिक कर्मले केही बाहिरी परिणामहरू निर्माण गर्न सक्छ, तर तपाईंले जीवनलाई कसरी अनुभव गर्नुहुन्छ त्यो अहिले तपाईंद्वारा निर्धारित हुन्छ ।

अहिले न्यूयोर्क सहरमा प्रदूषण छ। मैले केही गरेको छैन, तर पनि मैले प्रदुषित सास फेर्नुपर्ने हुन्छ। यहाँ म कार्बन डाइअक्साइड - सायद मोनोअक्साइडको सास लिँदैछु। मैले कुनै कर्म गरेको छैन। मैले धेरै रूख रोपेको थिए। अब के गर्ने? न्यूयोर्क सहरमा आइसकेपछि, तपाईंले यो सास फेर्नुपर्छ। के त्यहाँ मुल्य चुकाउनु पर्छ ? निश्चित रूपमा, यदि म यहाँ लामो समयसम्म बस्छु भने, मुल्य चुकाउनु पर्छ।

तपाईंको व्यक्तिगत कर्म जेसुकै होस्, त्यहाँ सामूहिक कर्म छ। तपाईंको कर्मले वास्तवमा तपाईंले संसारलाई कसरी अनुभव गर्नुहुन्छ भन्ने कुरा निर्धारण गर्छ; यसले तपाईं संसारमा कहाँ हुनुहुन्छ वा के गर्दै हुनुहुन्छ भन्ने कुरा निर्धारण गर्दैन। तपाईं महलमा जन्मिन सक्नुहुन्छ तर तपाईंको कर्म त्यस्तो हुन सक्छ कि तपाईंले दुःख भोग्नुहुनेछ। तपाईं सडकमा जन्मिन सक्नुहुन्छ तर तपाईंको कर्म त्यस्तो हुन सक्छ कि तपाईं एक खुशी मानव हुनुहुनेछ। विगतको कर्मले एक निश्चित बाहिरी परिणाम वा परिस्थिति सिर्जना गरेको छ जुन तपाईंले तुरुन्तै १०० प्रतिशत परिवर्तन गर्न सक्नुहुन्न, यसप्रति काम गर्न आवश्यक छ। एउटा परिस्थितिमा धेरै कुराहरू समावेश हुन्छन्, बस् तपाईं मात्र होइन। तर तपाईंको कर्म तुरुन्त परिवर्तन गर्न सकिन्छ।

तपाईं अहिले तुरुन्तै आफ्नो कर्म परिवर्तन गर्न सक्नुहुन्छ, अर्थात् तपाईं अहिले आफ्नो जीवन कसरी अनुभव गर्नुहुन्छ त्यो परिवर्तन गर्न सक्नुहुन्छ। यसमा बस् तपाईं मात्र संलग्न हुनुहुन्छ, त्यसैले यदि तपाईं तयार हुनुहुन्छ भने यसलाई तुरुन्त परिवर्तन गर्न सक्नुहुन्छ। तर यदि तपाईं र म इच्छुक छौं भने पनि, संसार अहिले परिवर्तनको लागि तयार नहुन सक्छ; त्यसैले सामूहिक कर्मले केही बाहिरी परिणामहरू निर्माण गर्न सक्छ, तर तपाईंले जीवन कसरी अनुभव गर्नुहुन्छ त्यो अहिले तपाईंद्वारा निर्धारित हुन्छ।

Editor’s Note: The “Power to Create” meditations for Peace, Love, Health, and Success (also known as “Chit Shakti”) enable each one of us to become our own alchemist, by empowering us to transform long cherished desires into reality. Try them out!