एकादशी र उपवासको महत्त्व
केही निश्चित दिनहरूमा खाना नखानाले शरीर स्वस्थ र जीवन्त बन्दछ । साथै, आफूभित्र फर्किनको लागि सही स्थिति निर्माण हुन्छ । सद्गुरु हामीमाझ एकादशी र यसदिन व्रत बस्नुको महत्तवको बारेमा प्रष्ट पार्दै हुनुहुन्छ ।
एकादशी भनेको के हो ?
सद्गुरुः पूर्णिमा पछिको एघारौँ दिन अनि औँशी पछिको एघारौँ दिनलाई एकादशी भनिन्छ । हरेक ४० देखि ४८ दिनमा मानव प्रणाली एउटा चक्रबाट गुज्रिन्छ, जसलाई मण्डल भनिन्छ । यो अवधिमा तीन दिनहरू यस्ता हुन्छन्, जब शरीरले खाना खान चाहँदैन । ती ३ दिनहरू व्यक्ति-व्यक्तिहरू बीच फरक हुन सक्छन्, अनि बराबर अन्तरालमा नआउन पनि सक्छन् । यदि तपाईंले ती ३ दिनहरू पत्ता लगाउनुभयो र ती दिनहरूमा शरीरलाई खाना दिनुभएन भने (किनकि शरीरले खान चाहँदैन), यो सरल अभ्यासले पनि तपाईंका थुप्रै समस्याहरू समाधान गर्नेछ ।
एकादशीको महत्त्व
″यति क्यालोरी, यति प्रोटिन र यति मिनिरल खानुपर्छ″ भन्ने वाहियात् कुरालाई नपछ्याएर आफ्नो शरीरलाई पर्याप्त ध्यान दिने हो भने, शारीरिक प्रणालीमा हुने यो चक्रलाई अधिकांश मानिसहरूले पहिचान गर्न सक्दछन् । साथै, ती तीन दिनहरू सजिलै थाहा पाउन सकिन्छ । तसर्थ, यो बताइएको थियो कि ४८ दिनमा ३ दिन तपाईंले केही खानुहुँदैन । यो यसकारण भनिएको हो, किनकि कसैले आफ्नो प्रणालीलाई गहिराइमा हेरे अनि त्यसबाट यो कुरा व्यक्त गरे । तर, सबै मानिसहरू यसप्रति सचेतन नहुने भएकोले उपवासको लागि एकादशी निर्धारित गरिएको हो । यदि तपाईंले हेर्नुभयो भने, ४८ दिनमा ३ वटा एकादशी पर्छन् ।
एकादशीमा व्रत बस्नुको महत्त्व
उपवास वा व्रत बस्नुको कारण के हो भने, यसदिन पृथ्वी विशेष अवस्थामा हुन्छ, अनि हामीले आफ्नो शरीरलाई हलुका राखी ग्रहणशीलताको लागि उपलब्ध बनायौँ भने, हाम्रो जागरूकता वा चेतना भित्रतर्फ फर्किन्छ । यसदिन आफ्नो भित्री आयामको ढोका खोल्ने सम्भावना बढी हुन्छ । तर, यदि तपाईंको पेट टन्न भरिएको छ अनि तपाईं अचेतन र सुस्त हुनुहुन्छ भने, तपाईं यसलाई महसुस गर्न सक्नुहुन्न । अतः सतर्क र सजग रहन, साथै शरीरलाई शुद्ध गर्नको निम्ति यसदिन हामी केही खाँदैनौँ— अघिल्लो रातमा खाना खाएपछि हामी एकादशीको रातमा मात्र खाना खान्छौँ ।
आफ्नो कामको प्रकृतिले गर्दा वा उचित साधनाको अभावले गर्दा, तपाईं केही नखाइकन बस्न सक्नुहुन्न् भने, तपाईं फलाहार रोज्न सक्नुहुन्छ— यो पेटको लागि हलुका हुन्छ र आफ्नो भित्री आयामको लागि ढोका खोल्न सहायक हुन्छ । जबरजस्ती केही नखाइकन बस्नु उचित होइन । उपवासको अभिप्राय के हो भने, हामी हरेक चीजलाई चेतनशील हुने प्रक्रिया बनाउन चाहन्छौँ । हामी बाध्यात्मक रूपमा खान चाहँदैनौँ, बरु सचेतनपूर्वक रोज्दछौँ ।
Editor’s Note: Excerpted from Sadhguru’s discourse at the Isha Hatha Yoga School’s 21-week Hatha Yoga Teacher Training program. The program offers an unparalleled opportunity to acquire a profound understanding of the yogic system and the proficiency to teach Hatha Yoga. The next 21-week session begins on July 04 to Nov 29, 2020. For more information, visit www.ishahathayoga.com or mail info@ishahatayoga.com