अनलाइन मार्फत प्रत्यक्ष प्रसारण हेर्नुहोस्
महाशिवरात्रि, पवित्र पर्वहरूमध्ये एउटा विशाल अनि सबैभन्दा महत्त्वपूर्ण पर्व हो । वर्षकै सबैभन्दा अन्धकार रात, महाशिवरात्रिमा शिवको कृपाको उत्सव मनाइन्छ । शिवलाई आदिगुरु अर्थात् प्रथम गुरु मानिन्छ, जसमार्फत योग परम्परा शुरुवात भएको थियो । यस रातमा ग्रहहरू खास स्थितिमा हुने भएकोले, मानव प्रणालीमा शक्तिशाली रूपमा ऊर्जा स्वत: माथितर्फ प्रवाहित हुन्छ । व्यक्तिको शारीरिक र आध्यात्मिक कल्याणको निम्ति यस रातमा मेरुद्दण्ड (ढाड) सिधा राखी जाग्रत एवं सचेतन रहनु असाध्यै लाभदायक हुन्छ ।