Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
जीवनमा जब चीजहरू गलत भइदिन्छन्, तब नै त्यसले तपाईं को हो भनेर देखाउँछ । चीजहरू राम्रै चलिरहँदा त जोसुकैले आफू सानदार भएको ढोँग गर्न सक्छन् ।
आफूले गर्ने काममा तपाईं पूृर्णतया समर्पित हुनुभयो भने मात्र तपाईंले संसारमा केही सार्थक चीज सृजना गर्न सक्नुहुन्छ ।
सम्पूर्ण अस्तित्व स्पन्दन हो, साथै तपाईंको विचार पनि । तपाईंले शक्तिशाली विचार उत्पन्न गर्नुभयो र बाहिर प्रसारण गर्नुभयो भने त्यसले आफूलाई साकार पार्नेछ ।
तपाईंले आफ्ना ऊर्जालाई भरपूर सक्रिय र एकाग्र राख्नुभयो भने तपाईंलाई जेजति आवश्यक छ त्यो यत्तिकै साकार हुनेछ ।
मूलभूत रूपमा तपाईंले दिन सक्ने एक मात्र चीज भनेको स्वयं नै हो ।
योग-विज्ञान बस् स्वास्थ्य र तन्दुरुस्तीसँग सम्बन्धित छैन । मनुष्यको अस्तित्वको हरेक पक्षका लागि योग एक मात्र समाधान हो ।
तपाईंलाई जीवनमा अप्रिय परिस्थितिहरू सामना गर्न बाध्य पारिएको छ भने तपाईं यतिसम्म समझदार हुनुपर्छ कि तपाईं अरू कसैलाई पनि त्यस्ता परिस्थितिहरू नतेर्स्याउनुस् ।
तपाईंले चाहे तनाव, रिस, डर वा अरू जुनसुकै खालका नकारात्मक भाव अनुभव गरे पनि, त्यहाँ एक मात्र मूल कारण छ : आफ्नो भित्री प्रकृतिबारे अज्ञानी रहेको ।
कसैको व्यवहार हेरेर तिनको आध्यात्मिक प्रक्रियाको लेखाजोखा नगर्नुस् । आध्यात्मिक प्रक्रिया शरीर र मनका तौरतरिकाबाट पर हुन्छ ।
आत्मज्ञान अर्थात् आफू कतिसम्म मूर्ख रहेँ भनेर ज्ञान हुनु । सबैथोक यहीँ तपाईंभित्रै रहेको थियो र तपाईंले पत्तो नै पाउनुभएन ।
विचार र भावना फरक-फरक पक्ष होइनन् । तपाईं जसरी सोच्नुहुन्छ, त्यसरी नै महसुस गर्नुहुन्छ ।
तपाईंले कति गर्नुहुन्छ भन्नेले होइन बरू तपाईंले कसरी गर्नुहुन्छ भन्नेले नै जीवनलाई सुन्दर बनाउँछ ।