Main Centers
International Centers
India
USA
FILTERS:
SORT BY:
केही खराब मानिसहरूले धरती बर्बाद गरिरहेका होइनन्— हामी सबैले खुसीको खोजमा त्यसो गरिरहेका छौँ ।
हामी यस धरतीमा बाँचिरहेका मात्र होइनौँ— हामी नै धरती हौँ । यदि तपाईंले यो आज बुझ्नुभएन भने, तपाईंलाई जमिनमुनि पुरेपछि बुझ्नुहुनेछ ।
सम्पूर्ण समस्याहरूको जड तपाईंभित्र छन् । त्यसैगरी, समाधानहरू पनि तपाईंभित्रै छन् ।
सुख सुन्दर हुन्छ, तर यो बन्धनमा फसाउने खालको हुन्छ । आनन्द अद्भुत हुन्छ— अझ महत्त्वपूर्ण, यो मुक्त गर्ने खालको हुन्छ ।
भित्री अवस्था राम्रो भएमा बाहिरी परिस्थिति पनि सुन्दर बन्छ । तर तपाईं आफूभित्र ठीक अवस्थामा हुनुहुन्न भने, तपाईंलाई वसन्त ऋतु पनि विरक्त लाग्न सक्छ ।
तपाईंले संसारलाई सम्हाल्नुपर्दैन । तपाईंले आफूलाई सम्हाल्न सिक्नुभयो भने मात्र पनि, सबैथोक सम्हालिन्छन् ।
अति थोरै मानिसहरू मात्र आफ्नो जीवन खासमा बाँचिरहेका हुन्छन् । बाँकी सबै जीवनयापन गरिरहेका हुन्छन् ।
बालबालिकाहरू ध्यानपूर्वक नियालेर अनि सहभागी भएर हुर्किन्छन्, अनेकथरी शिक्षा र सिद्धान्तले होइन । आफ्नो सन्तान जस्तो बनोस् भनेर चाहनुहुन्छ, सर्वप्रथम तपाईं त्यस्तो मानिस बन्नुहोस् ।
जीवन समावेशी छ । तपाईंको मन मात्र सङ्कुचित छ ।
रहस्य यो हो कि जीवित हुनु छ । मृत्यु त पूर्ण रूपमा भइहाल्छ— तपाईंले यसको अभ्यास गर्नुपर्दैन । जीवनको लागि चाहिँ निकै अभ्यास चाहिन्छ ।
तपाईंको निम्ति जीवन श्राप हो वा आशीर्वाद भन्ने कुरा तपाईंको मनले तपाईंबाट निर्देशन लिन्छ वा लिँदैन भन्नेमा निर्भर हुन्छ ।
भविष्यको लागि योजना बनाउनु एउटा कुरा हो— अझै घटित नभइसकेको भविष्यबाट पीडित हुनु अर्कै कुरा हो ।