Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
सत्ता आफैँमा भ्रष्ट आचरणको हुँदैन । प्रभुत्व जमाउने कुण्ठा भएका मानिसले जब सत्ता कब्जा गर्छन्, तब यो भ्रष्टाचार गर्ने माध्यम बन्दछ ।
जब तपाईँलाई सही अर्थमा यो बोध हुन्छ कि तपाईंलाई थाहा छैन, तब तपाईंभित्र कुनै पूर्वाग्रह वा मूल्याङ्कन रहँदैन । तपाईं बस् जीवन बन्नुहुनेछ ।
मनुष्य हुनु भनेको आफूले गर्ने हरेक चीजमा सचेत हुन सक्षम बन्नु हो ।
जब तपाईँ र तपाईँको विचार प्रक्रियामा दुरी हुन्छ, एउटा नयाँ स्वतन्त्रताको जन्म हुन्छ । जब यो स्वतन्त्रता हुन्छ, नयाँ बोध उदय हुन्छ ।
हामी सामु जेसुकै तेर्सिए पनि हामी त्यसप्रति कस्तो प्रतिक्रिया जनाउँछौं र हामी त्यसबाट के बनाउँछौं भन्ने कुरा १००% हाम्रो हातमा हुन्छ ।
मेरो कामना र आशीर्वाद यो छ कि तपाईँ आफ्नो भित्री आयामसम्म पुग्न सक्नुहोस् । तपाईं जहाँसुकै गए पनि यो तपाईंसँगै रहनेछ ।
आफ्ना इच्छाहरू बढाउनुको सट्टा तपाईँले आफ्ना क्षमताहरूलाई बढाउनुभयो भने तपाईं यस जीवनमा सहजै, सानदार रूपमा अनि निकै राम्रो गरेर अघि बढ्नुहुनेछ ।
योगको उद्देश्य स्वर्ग जाने बारे होइन । बरु आफैंभित्र स्वर्गमय अनुभव निर्माण गर्ने बारे हो ।
बाहिरी तत्त्वले तपाईंलाई प्रेरणा दिन र गाइड गर्न मात्र सक्छ । तर आफूलाई जान्नु भनेको यस्तो चीज हो जुन सधैँ भित्रबाट आउनुपर्छ ।
आमा हुनुको सुन्दरता बच्चा जन्माउनुमा हुँदैन बरु समावेश गर्नुमा हुन्छ— अर्थात् अर्को जीवनलाई आफ्नै अंशको रूपमा अनुभव गर्ने ।
तपाईंको जीवन तपाईंको स्पष्टता र क्षमताबाट सञ्चालित होस्— संयोगवश वा अरू कसैको करुणा र दयाले होइन ।
पूर्ण रूपमा प्रस्फुरित मनुष्य हुनु भनेको आफ्नो जीवनको हरेक पक्ष, हरेक क्षणलाई भरपूर रूपमा बाँच्ने ।