Main Centers
International Centers
India
USA
FILTERS:
SORT BY:
सम्पूर्ण समस्याहरूको जड तपाईंभित्र छन् । त्यसैगरी, समाधानहरू पनि तपाईंभित्रै छन् ।
सुख सुन्दर हुन्छ, तर यो बन्धनमा फसाउने खालको हुन्छ । आनन्द अद्भुत हुन्छ— अझ महत्त्वपूर्ण, यो मुक्त गर्ने खालको हुन्छ ।
कहिलेकाहीँ संसार तपाईंको विरुद्धमा हुन्छ । तर तपाईं नै आफ्नो विरुद्धमा हुनुहुन्छ भने, त्यसको कुनै समाधान छैन ।
जो आनन्दित छ, उसको निम्ति जीवन छोटो हुन्छ । जो पीडामा डुबेको छ, उसको लागि यो असाध्यै लामो हुन्छ ।
अति थोरै मानिसहरू मात्र आफ्नो जीवन खासमा बाँचिरहेका हुन्छन् । बाँकी सबै जीवनयापन गरिरहेका हुन्छन् ।
बालबालिकाहरू ध्यानपूर्वक नियालेर अनि सहभागी भएर हुर्किन्छन्, अनेकथरी शिक्षा र सिद्धान्तले होइन । आफ्नो सन्तान जस्तो बनोस् भनेर चाहनुहुन्छ, सर्वप्रथम तपाईं त्यस्तो मानिस बन्नुहोस् ।
राम्ररी बाँच्नु मतलब विलासिता होइन । राम्ररी बाँच्नु मतलब तपाईं पत्थरमा बस्नुभयो भने पनि, कसरी आनन्दित भावमा बस्ने भनेर जान्नुहुन्छ ।
तपाईंले आफ्नो मनलाई खेलाउनुपर्छ । तपाईंको मनले तपाईंलाई खेलाउनुहुँदैन ।
तपाईंको निम्ति जीवन श्राप हो वा आशीर्वाद भन्ने कुरा तपाईंको मनले तपाईंबाट निर्देशन लिन्छ वा लिँदैन भन्नेमा निर्भर हुन्छ ।
भविष्यको लागि योजना बनाउनु एउटा कुरा हो— अझै घटित नभइसकेको भविष्यबाट पीडित हुनु अर्कै कुरा हो ।
मानिसहरू सधैँ संसारमा सबैभन्दा सानदार व्यक्ति खोजिरहन्छन् । त्यो सानदार व्यक्ति आफू स्वयं किन नबन्ने ?
तपाईंले सचेत रूपमा प्रतिक्रिया जनाउनुभयो भने, तपाईंले चाहेको चीज हुनेछ । तपाईंले विवशतामा प्रतिक्रिया गर्नुभयो भने, अरूले चाहेको चीज हुनेछ ।