Main Centers
International Centers
India
USA
FILTERS:
SORT BY:
तपाईंंको जीवनमा तीता अनुभवहरू घटित भए भने, यही विकल्प हुन्छ— कि त विवेकशील बन्ने वा पीडाले घायल ।
जाग्नुस् र चम्किनुस् । तपाईं आनन्दित र उत्साहित रहँदा, मानिसहरू स्वाभाविक रूपमा तपाईंसँग प्रेमको भावमा रहन्छन् ।
योग भनेको अटुट ऊर्जाको स्रोतसँग जोडिनु हो ।
तपाईंको कार्यतालिकाले तपाईंलाई मारिरहेको होइन । बरू आफ्नै विचार र भावनाहरूमा अल्झिरहने प्रवृत्तिले त्यसो भएको हो ।
The Mind is a terrible master, but a fantastic slave. You must keep it that way.
भक्ति भनेको पूजापाठ होइन । भक्ति अर्थात् आफू नै नरहनु ।
मातृत्वको सुन्दरता बच्चा जन्माउनुमा हुँदैन, बरू अर्को जीवनलाई आफ्नै अंशको रूपमा समावेश गर्ने इच्छुकतामा हुन्छ ।
राम्रोपन मानिलिइएको स्थिति हो । आनन्द वास्तविक अनुभव हो ।
मानिसहरू प्रयोग गरिनका लागि रहेका हुँदैनन् । मानिसहरू प्रेम गरिन र मिलीजुली रहनका लागि हुन्छन् । चीहजरू प्रयोगका लागि हुन्छन्, मानिसहरू होइनन् ।
मनुष्यको रूपमा, तपाईंको जीवनको अनुभवलाई तारा र ग्रहहरूले निर्धारण गर्न आवश्यक छैन । तपाईं एक्लैले आफ्नो भित्री अनुभव निर्धारण गर्नुपर्छ ।
शरीर र मन अद्भुत साधन हुन् । तर तिनलाई उचाइमा पुग्ने बनाउन, तपाईंले तिनलाई सही तरिकाले सम्हाल्न सिक्नुपर्छ ।
मानव जीवन जीविकामा मात्र टुङ्गिदैन । आफ्नो जीविका सुनिश्चित भएपछि मात्र मानव जीवन सुरूवात हुन्छ ।