Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
गणेश बुद्धिमत्ताको साक्षात् स्वरूप हुन् । आजको दिन तपाईंको दिमागलाई बढाउने दिन हो, तपाईंको भुँडीलाई होइन ।
हामीसँग पर्याप्त रूखहरू हुने हो भने पर्याप्त वर्षा हुनेछ अनि हाम्रा नदीहरू बगिरहनेछन् ।
निषेधको भाव मृत्यु हो । समावेशको भाव जीवन हो ।
तपाईंलाई जीवित राख्न कति धेरै जीवित प्राणीहरूले आफ्नो जीवन बलिदान गरिरहेका छन् भन्नेप्रति तपाईं सचेत बन्नुभयो भने तपाईं अत्यन्तै कृतज्ञ भावले खाना खानुहुन्छ ।
तपाईँलाई चाहे जेसुकै दिए पनि तपाईंले त्यसबाट केही सुन्दर चीज बनाउन सक्नुहुन्छ भने त्यो नै बुद्धिमत्ता हो ।
यदि तपाईँ मेरो जन्म र तपाईंको जन्मलाई सही अर्थमा उत्सवमय बनाउन चाहनुहुन्छ भने आफ्नो जीवनमा र अरूका जीवनमा यस योगलाई जीवित वास्तविकता बनाउनुहोस् ।
जब तपाईंको जीवनमा बच्चाको आगमन हुन्छ, त्यो सिक्ने समय हो, न कि सिकाउने ।
सृष्टिको स्रोत सबैतिर छ— तपाईंभित्र र तपाईंबाहिर समेत ।
तपाईँको शरीर र मन बस् थुप्रो हो जुन तपाईंले जम्मा गर्नुभएको हो । तपाईँ जे थुपार्नुहुन्छ त्यो तपाईंको हुन सक्छ तर त्यो कहिल्यै पनि तपाईं हुन सक्दैन ।
भक्ति तब हुन्छ जब तपाईँ अरूको भलाई र खुसीयालीलाई आफ्नोभन्दा माथि राख्नुहुन्छ ।
जब तपाईंको ध्यान एकाग्र वा एकनिष्ठ बन्छ, तपाईंलाई केहीबाट पनि बञ्चित गर्न सकिँदैन ।
मृत्यु, अचेतहरूको कपोल-कल्पना हो । यहाँ बस् जीवन, जीवन र जीवन मात्र छ, जुन एउटा आयामबाट अर्को आयाममा गइरहेको छ ।