Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
तपाईं के गर्नुहुन्छ, त्यो तपाईंमा निर्भर हुन्छ । तर तपाईंले त्यसलाई सचेत रूपमा गर्नुपर्छ । यो नै मनुष्य हुनुको सही अर्थ हो ।
तपाईं आफ्नो पूर्ण सामर्थ्यमा सञ्चालित हुन थालेपछि सफलता सजिलै आउनेछ ।
योग भनेको जीवनका सबै पक्षहरूमा आफूलाई नयाँ स्तरको सन्तुलन र क्षमतामा लैजानु हो ।
पैसाले तपाईंका सेरोफेरोलाई मात्र सुखद बनाउन सक्छ । यसले भित्री आनन्द सृजना गर्न सक्दैन ।
आध्यात्मिक प्रक्रिया जीवनबाट बिछोड हुनु होइन । बरु जीवनसँग नडगमगाउने प्रेममा हुनु हो ।
यशुले भने, "परमेश्वरको साम्राज्य तपाईंभित्रै छ ।" तपाई्को भित्री आयामलाई अनुभव गर्ने विधि नै योग हो । हर्ष र आनन्दले भरिएको क्रिसमसको हार्दिक शुभकामना ।
आफ्नो मनसँग तपाईं जति बढी पहिचान जोड्नुहुन्छ, आफू स्वयंबाट तपाईं त्यति बढी टाढा रहनुहुन्छ ।
ईश्वरीय शक्तिका जराहरू यस शरीरमा भित्रसम्म गढेका छन् । तपाईंले जराहरूलाई मलजल गर्नुभयो भने यसलाई प्रस्फुरित हुनबाट तपाईं कसरी रोक्न सक्नुहोला ।
आफ्ना परिवार, सन्तान, समाज र आफू वरपरको संसारका निम्ति तपाईंले गर्न सक्ने सबैभन्दा उत्तम चीज भनेको तपाईं आफूलाई उन्नत बनाउनुस् ।
तपाईंले आफ्नो शरीरको दुखाइलाई जसरी जान्नुभएको छ, त्यसैगरी रूख, पशु वा अस्तित्वमा रहेका कुनै पनि चीजको दुखाइलाई जान्नुभएको भए, तपाईंले प्रत्येक चीजलाई राम्रो अवस्थामा राख्नुहुनेथ्यो ।
ध्यान भनेको निष्फिक्री भावको अवस्थामा आइपुग्नु हो । सोच यो हो, आफ्नो शरीर र आफ्नो मनलाई नियन्त्रण गर्ने होइन बरु तीबाट मुक्त हुने ।
जीवनमा सबैभन्दा उच्च लक्ष्य शान्ति होइन । यो त सबैभन्दा आधारभूत आवश्यकता हो ।