Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
ध्यान भनेको न एकाग्रता हो न आराम । एक किसिमले यो अन्तस्करणमा फर्किनु हो ।
हरेक चीज जस्तो छ, त्यसलाई ठीक त्यही रूपमा देख्नुभयो भने यसले तपाईंलाई यस जीवनमा सहजै अघि बढ्ने शक्ति र क्षमता प्रदान गर्छ ।
तपाईंको मानवता भरिपूर्ण छ भने तपाईं आफू वरपरका जीवनको लागि हात बढाउनुहुनेछ । यो कुनै नैतिकता होइन । यो नै मनुष्य हुनुको मूल प्रकृति हो ।
कर्म अर्थात् तपाईँको जीवन स्वयम् तपाईंले निर्माण गर्नुभएको हो ।
मनुष्य कुनै स्रोत साधन होइन । मनुष्य हुनु निकै विशाल सम्भावना हो । सही हुर्काई र प्रेरणा हुने हो भने उनीहरू अद्भुत मानिस बन्न सक्छन् ।
यो महत्त्वपूर्ण छ, तपाईं कुनै पनि चीजलाई माथिल्लो दर्जामा नहेर्नुस् साथै कुनै पनि चीजलाई तल्लो दर्जामा नहेर्नुस् । हरेक चीजलाई त्यसको वास्तविक रूपमा देख्नु नै सही दृष्टि हो ।
तपाईंको भौतिक शरीरलाई मात्र सीमा चाहिने हो । अरू सबैथोक सर्वव्यापी बन्न सक्छ ।
हरेक जीवले धरती आमाको भलाइको लागि काम गरिरहेका छन् । केवल हामी मानवहरू बदलिन जरूरी छ ।
तपाईंभित्रको जीवन तपाईंको शरीर, मन र भावनाका लागि काम गर्न रहेको होइन । बरू तपाईंको शरीर, मन र भावना तपाईंभित्रको जीवनको लागि काम गर्न रहेका हुन् ।
जीवन तब मात्र सुन्दर हुन्छ, जब यो सन्तुलनमा रहन्छ ।
यन्त्रको दृष्टिबाट हेर्ने हो भने कुनै कम्प्युटर, कार वा अन्तरिक्ष यान भन्दा पनि मानव मन सबैभन्दा चमत्कारपूर्ण छ— बस् तपाईंले यसलाई सचेत भएर प्रयोग गर्ने हो भने ।
कुनै पनि मार्गमा अघि बढ्नको लागि तपाईंले आफू कहाँ जाने भन्नेमा मात्र ध्यान दिनुपर्छ, आफू कहाँबाट आएँ भन्नेमा होइन ।