Main Centers
International Centers
India
USA
FILTERS:
SORT BY:
तपाईं सफल हुन चाहनुहुन्छ, किनकि तपाईं खुसी हुन चाहनुहुन्छ । तर तपाईंले कसरी यत्तिकै आफैँ खुसी हुने भनेर जान्नुभयो भने, तपाईं सधैँ सफल रहनुहुन्छ ।
कहिल्यै पनि जीवनभरिको लागि भनेर साधना नगर्नुस् । आजको लागि मात्र गर्नुस् ।
तपाईं बुद्धिमान मनुष्य हुनुहुन्छ भने, हरेक चरणमा तपाईं आश्चर्यचकित पर्नुहुन्छ । केवल मूर्ख व्यक्ति सबैथोकबारे दृढनिश्चित हुन्छ ।
सफलता कुनै परिमाण वा सङ्ख्या होइन । सफलता एउटा यस्तो गुण हो, जसलाई तपाईं आफ्नो जीवनमा बाँच्नुहुन्छ ।
तपाईंं समाजमा चलाख तर जीवनको सन्दर्भमा अति मूर्ख हुन सक्नुहोला ।
तनाव, चिन्ता वा डिप्रेसन, चाहे जेसुकै भन्नुस्— मूल रूपमा, तपाईंको बुद्धि तपाईंकै विरुद्धमा लागेको छ ।
आफूलाई पीडा दिनु भनेको असहाय बच्चालाई पीडा दिनु जस्तै हो । तपाईं आफैँसँग लड्न वा आफूबाट भाग्न सक्नुहुन्न — तपाईं पूर्ण रूपमा निरिह रहनुहुन्छ ।
तपाईंले जीवनमा जेसुकै गरिरहनुभएको भए पनि, कुनै न कुनै रूपमा त्यो तपाईंले नै रोज्नुभएको हो । त्यसलाई सबैभन्दा महत्त्वपूर्ण कार्य जसरी गर्नुहोस् — यो नै तपाईंको 'ध्यान' बन्नेछ ।
आरोग्य भनेको रोग नहुनु मात्र होइन— बरू आफूभित्र पूर्णता महसुस हुनु हो ।
जब तपाईं कसैलाई भेट्नुहुन्छ, तिनलाई तपाईंको मधुर र सुन्दर पक्षले मात्र स्पर्श गर्नुपर्छ ।
अतिले भरिएको जीवन असल जीवन होइन । तपाईंले जेजति सङ्ग्रह गर्नुहुन्छ, त्यसले भित्री खुसीयालीलाई बढाउनुपर्छ, न कि तपाईंलाई बन्धनमा पार्ने ।
उल्लासपूर्ण जीवन बाँच्न तब मात्र सम्भव छ, जब तपाईं जीवनका अनिश्चिततामा झुम्न सक्नुहुन्छ ।