Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
माटो जीवित अस्तित्व हो— यो हाम्रो सम्पत्ति होइन । यो हामीसम्म आइपुगेको विरासत हो । हामीले यसलाई जीवित माटोको रूपमै भावी पुस्ताहरूलाई सुम्पिनुपर्छ ।
जो आफूभित्र निरन्तर आरामको अवस्थामा रहन्छ, ऊ अन्त्यहीन क्रियाकलापको लागि सक्षम हुन्छ ।
तपाईंको पैसा, सम्बन्ध र परिवार भनेको बीमा हुन् भनेर नसोच्नुस् । एक मात्र वास्तविक बीमा यो हो, आफूलाई हरेक स्तरमा कसरी राम्रो अवस्थामा राख्ने भनेर जान्नु । यो नै योग हो ।
सबैजनाले तपाईंको फाइदा उठाउँछन् भन्ठान्नुभयो भने, तपाईं झन् सानो बन्नुहुनेछ । भरोसा महत्त्वपूर्ण हुन्छ ।
मेरो कामना छ, तपाईं प्रत्येकले ध्यानलिङ्ग अनुभव गर्नुहोस् । संसारमा तपाईं जहाँसुकै भए पनि, यदि तपाईं त्यस सम्भावनाप्रति खुला हुनुहुन्छ भने, आधात्यमिक मुक्तिको बीज तपाईंसँग हुनेछ ।
तपाईंलाई यथार्थले नचुट्दासम्म अज्ञानता आनन्द नै लाग्छ ।
तपाईंको आफ्नै मनले तपाईंलाई दिनमा हजार पटक प्रहार गर्न सक्ला । यो कि त कष्ट निर्माण गर्ने मेसिन बन्न सक्छ वा चमत्कार बन्न सक्छ— रोजाइ तपाईंको हो ।
तपाईंले चाल्नुपर्ने पहिलो कदम भनेको यो मनन गर्नुस् कि चाहे जेसुकै भए पनि, तपाईंको जीवन तपाईंको जिम्मेवारी हो ।
जब दिइन्छ, त्यहाँ सन्तुष्टि हुन्छ ।
तपाईंको जीवनको अनुभव कति गहन छ, साथै आफूले गर्ने कार्यमा तपाईं कति प्रभावशाली हुनुहुन्छ— जीवनमा यत्तिले अर्थ राख्ने हो ।
निष्ठा भनेको मूल्य र मान्यताको थुप्रो होइन । तपाईं जस्तो हुनुहुन्छ, जसरी सोच्नुहुन्छ र जसरी कार्य गर्नुहुन्छ, यीबिचको सङ्गति नै निष्ठा हो ।
तुलनामा आधारित बुझाइ कहिल्यै एकमात्र सत्य हुँदैन— यो वास्तविकताको विकृत रूप हो ।