Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
हाम्रा शिक्षा प्रणाली तथ्यहरू थोपर्ने ढर्राबाट सत्यको खोज गर्ने शैलीतर्फ अघि बढ्नुपर्छ ।
हाम्रा परिवार, समाज, राष्ट्र र विश्वमा हामीले स्थिरता चाहेका हौँ भने हामीले प्रत्येक मनुष्यभित्र स्थिरता निर्माण गर्नुपर्छ ।
ध्यान मूलत: गुण हो, कुनै कार्य होइन ।
जीवन बस् प्रयोगका लागि मात्र होइन । यो जस्तो छ त्यो नै अत्यन्तै भव्य र विशाल छ ।
सही अर्थमा करुणा भनेको दिने वा लिने बारेमा होइन । सही अर्थमा करुणा भनेको बस् त्यो गर्नु, जे आवश्यक छ ।
जीवन रहस्य हो— यसको आनन्द लिने हो, बुझ्ने होइन । नवरात्रि पर्व यही मूलभूत अन्तर्दृष्टिमा निहित छ ।
आफ्नो मनमा स्पष्टता कसरी ल्याउने भनेर जान्नुभयो भने तपाईंले देख्नुहुनेछ कि सम्पूर्ण अस्तित्व खुला छ ।
ब्रह्माण्डमा भइरहेको यो विशाल पक्ष अर्थात् मूल जीवनसँग सम्पर्कमा नरहँदा नै आलस्य उत्पन्न हुन्छ ।
योग आनन्दपूर्ण केमिस्ट्री उत्पन्न गर्ने विधि हो । जब तपाईं आफ्नै प्रकृतिले आनन्दित बन्नुहुन्छ, तपाईंले बाहिरी परिस्थितिहरूलाई सहज रूपमा सम्हाल्न सक्नुहुन्छ ।
जीवितहरू प्रति हाम्रो जिम्मेवारी भएजस्तै मृतहरू प्रति समेत हाम्रो जिम्मेवारी रहन्छ । मृत्यु भएको सीमित समयभित्र मृतकलाई प्रभाव पार्ने स्थान हुन्छ ।
अन्तत: तपाईं जो हो त्यही संसारमा अभिव्यक्त हुने हो ।
आफैँलाई नर्क जस्तो बनाएकाहरू नै खासमा स्वर्ग जान चाहन्छन् । जसले आफूलाई स्वर्ग समान सानदार बनाएका छन्, तिनीहरू चाहे जहाँसुकै गए पनि एकदमै ठीक रहनेछन् ।