Main Centers
International Centers
India
USA
FILTERS:
SORT BY:
आफूभित्र डर सृजना गर्न, तपाईंले हुँदै नभएको कुरा कल्पना गर्नुपर्छ । डरबाट मुक्त हुन, तपाईंले केही गरिरहनै पर्दैन ।
मानिसहरूले तपाईंलाई प्रेम गर्छन् कि गर्दैनन् भन्नेले नभई तपाईं स्वयं प्रेमले भरिनुभएको छ कि छैन भन्नेले वास्तवमा अर्थ राख्छ ।
तपाईं आफूले मन पराउने वा माया गर्ने मानिसहरूसँग मात्र बाँधिनुभएको हुँदैन । आफूले मन नपराउने वा घृणा गर्नेहरूसँगको तपाईंको बन्धन अझ गहिरो हुन्छ ।
उमेर ढल्किएसँगै तपाईंको शारीरिक स्फुर्ति कम हुन सक्ला । तर तपाईंको जीवन्तता घट्न आवश्यक छैन ।
गुरुले तपाईंमा रहेको अन्धकार हटाउँछन् । उनी भित्रैबाट दन्किन्छन् । कामना छ, तपाईं पनि यो ज्वालामा दन्किनुहोस्, र आफूलाई रोकेका सबै बाधाहरूबाट माथि उठ्नुहोस् ।
यदि पूर्ण स्पष्टता छ भने, साहस चाहिँदैन । स्पष्टताले नै तपाईंलाई पार लगाउनेछ ।
हामी सबै आत्मज्ञानी भएर जन्मिएका हुन्छौँ । अज्ञानता तपाईंको रोजाइ हो ।
आफूलाई अरूसँग तुलना गरेर आफ्नो जीवन खेर नफाल्नुस् । तपाईं हिजोभन्दा थोरै भए पनि उन्नत हुनुभएको छ वा छैन, बस् त्यो हेर्नुस् ।
आफू वरिपरिका मानिसहरूलाई नियन्त्रण गर्ने वा दास बनाउने प्रयास नगर्नुस् । ठीक छ, उनीहरू त्यस्तै छन् । यो एउटा जीवन— आफू स्वयं— माथि काम गर्नुस् ।
कसैले पनि तपाईंलाई मानसिक पीडा दिन सक्दैन । यसको कारण तपाईं आफैँ हो, जो आफू वरिपरिका घटनाहरूमा विवश प्रतिक्रिया गर्नुहुन्छ ।
जीवन सहज स्थितिमा नै हुन्छ । मन मात्र तनावमा हुने हो ।
संसारमा धेरैजसो मानिसहरू व्यस्त छैनन्— उनीहरू आफ्नै विचारमा अल्झिएका मात्र हुन् ।