Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
जीवन भनेको तपाईंको सेरोफेरोमा भइरहेको नाटक होइन । जीवन त्यो मूलभूत आयाम हो, जुन स्वयं तपाईं हो ।
योग भनेको लचिलो बन्नु हो— शारीरिक रूपमा मात्र नभई हरेक तरिकामा । यसको मतलब तपाईं जहाँसुकै भए पनि तपाईं ठीक हुनुहुन्छ ।
कर्म भनेको आफ्नो जीवनलाई आफ्नो हातमा लिनु हो । जब तपाईं आफ्नो कर्मलाई बढी चेतन प्रक्रिया बनाउनुहुन्छ, तपाईं आफ्नो नियतिको मालिक बन्नुहुन्छ ।
यस पूर्णिमामा, गौतम बुद्ध पूर्ण रूपमा आत्मज्ञानी बने, अनि अध्यात्मको लहर सृजना गरे । आफ्नो आध्यात्मिक साधनाहरूलाई अझ प्रखर बनाउन, यो तपाईंका निम्ति प्रेरणा बनोस् ।
मेरी आमाले, जबर्जस्ती दखल नदिइकनै, ममा पूर्ण समावेशीपनको परिवेश निर्माण गर्नुभयो । यसले मलाई अद्भुत चीजहरू गरेको छ ।
हिसाब-किताबमा, मनको तनाव र सङ्घर्ष हुन्छ । दिने भावमा, बस् आनन्द हुन्छ ।
अरूमा रहेको उत्तम पक्षलाई बाहिर ल्याउन सक्ने तपाईंको क्षमताले नै तपाईंलाई नेतृत्वकर्ता बनाउँछ ।
जसैजसै मानिसहरू बढी सशक्त बन्छन्, हामीमा अझ बढी चेतन र जिम्मेवार बन्नुपर्ने मूलभूत आवश्यकता हुन्छ, प्रतिक्रियात्मक र बाध्यात्मक होइन ।
जुन बीज अङ्कुराउन सक्दैन, त्यो कङ्कड हुनु जत्तिकै राम्रो हो । तपाईं जो दिव्य बीज हुनुहुन्छ, त्यो प्रस्फुरित हुनका लागि तपाईं खुला रहनुपर्ने हुन्छ ।