Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
यदि तपाईं साँच्चिकै सत्य खोज्दै हुनुहुन्छ भने, केही पनि अनुमान नगर्नुस्— बस् खोज गर्नुस् ।
तपाईंमा प्रेम गर्ने क्षमता असीमित हुन्छ । जब तपाईं स्वयं प्रेम बन्नुहुन्छ, तपाईंले सम्पूर्ण ब्रह्माण्डलाई आफ्नो प्रेममा थाम्न सक्नुहुन्छ ।
कुनै पनि चीजप्रति इच्छापूर्वक प्रतिक्रिया जनाउनुभयो भने, त्यो तपाईंको बन्छ । आफू सम्पर्कमा रहने हरेक चीजप्रति तपाईंले सचेत भई प्रतिक्रिया जनाउनुभयो भने, सम्पूर्ण ब्रह्माण्ड तपाईंको बन्नेछ ।
तपाईंको जीवनका सबैभन्दा सुन्दर क्षणहरू— प्रेम, सृजनशीलता, सङ्गीत, नृत्य र हाँसो— तब मात्र प्रस्फुट हुन्छन्, जब तपाईं आफूलाई महत्त्व दिनुहुन्न । कामना छ, निष्फिक्री अवस्थामा रहनुको हर्ष र आनन्द जान्नुहोस् ।
जब तपाईंले प्रेरणाको यस्तो परिवेश सृजना गर्नुहुन्छ, जुन प्रेमले सम्हालिएको र हर्षले रङ्गिएको होस्, तब तपाईंले बच्चाहरूलाई खासै सिकाउनुपर्दैन । ती स्वाभाविक रूपमा आफ्नो पूर्ण सामर्थ्यमा प्रस्फुरित हुनेछन् ।
जब मानिसहरू उपदेश दिन्छन्, त्यसले तिनका लागि काम गरेको छ कि छैन भनेर सधैँ हेर्नुस् ।
योग भनेको आफूलाई ब्रह्माण्डको ज्यामितिसँग सङ्गतिमा राख्नु हो । सृष्टिको अंश बन्ने वा सृष्टिको स्रोतको हिस्सा बन्ने— रोजाई तपाईंकै हो ।
तपाईं के गर्नुहुन्छ, त्यसले अर्थ राख्दैन । तपाईं आफूभित्र जुन रूपमा सहभागी रहनुहुन्छ, त्यसले नै तपाईंलाई रूपान्तरण गर्दछ ।
हामी सबैका लागि समय एउटै गतिमा बितिरहेको छ । तपाईंले समयलाई म्यानेज गर्न सक्नुहुन्न, तर तपाईंले आफ्नो ऊर्जालाई म्यानेज गर्न सक्नुहुन्छ ।
प्रत्येक मानिसलाई सहिष्णुता र करूणा नभई स्वीकृति र सम्मान आवश्यक हुन्छ ।
जब तपाईं आफू र आफ्नो शरीर, आफू र आफ्नो मनबिच दुरी सृजना गर्नुहुन्छ, त्यो नै पीडाको अन्त्य हो ।
आध्यात्मिक हुनका लागि तपाईं कुनै हिमालय गुफामा विलुप हुनुपर्दैन । आध्यात्मिक प्रक्रिया बाहिरी पक्षसँग सम्बन्धित हुँदैन— यो यस्तो चीज हो, जुन तपाईंभित्र घटित हुन्छ ।