Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
ब्रह्माण्डमा तपाईं बस् धुलोको कण बराबर हो । तपाईंले आफ्नो अस्तित्वको परिप्रेक्ष्यलाई बुझ्ने हो भने, तपाईं स्वाभाविक रूपमा मौन बन्नुहुनेछ ।
जीवन भनेको तपाईंको सेरोफेरोमा भइरहेको नाटक होइन । जीवन त्यो मूलभूत आयाम हो, जुन स्वयं तपाईं हो ।
योग भनेको लचिलो बन्नु हो— शारीरिक रूपमा मात्र नभई हरेक तरिकामा । यसको मतलब तपाईं जहाँसुकै भए पनि तपाईं ठीक हुनुहुन्छ ।
स्पष्टताको विकल्प आत्मविश्वास होइन । सफल बन्नका लागि, तपाईंलाई स्पष्टता चाहिन्छ, आत्मविश्वास होइन ।
यस पूर्णिमामा, गौतम बुद्ध पूर्ण रूपमा आत्मज्ञानी बने, अनि अध्यात्मको लहर सृजना गरे । आफ्नो आध्यात्मिक साधनाहरूलाई अझ प्रखर बनाउन, यो तपाईंका निम्ति प्रेरणा बनोस् ।
मेरी आमाले, जबर्जस्ती दखल नदिइकनै, ममा पूर्ण समावेशीपनको परिवेश निर्माण गर्नुभयो । यसले मलाई अद्भुत चीजहरू गरेको छ ।
हिसाब-किताबमा, मनको तनाव र सङ्घर्ष हुन्छ । दिने भावमा, बस् आनन्द हुन्छ ।
त्यही ऊर्जा लाखौँ फरक तरिकाहरूमा अभिव्यक्त हुन्छ : पत्थर जसरी, रूख जसरी, पशु जसरी, मनुष्य जसरी, वा यसको सबैभन्दा सूक्ष्म रूप अर्थात् देवत्व जसरी ।
जसैजसै मानिसहरू बढी सशक्त बन्छन्, हामीमा अझ बढी चेतन र जिम्मेवार बन्नुपर्ने मूलभूत आवश्यकता हुन्छ, प्रतिक्रियात्मक र बाध्यात्मक होइन ।