Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
आनन्द कुनै उपलब्धि होइन । यो तपाईंको जीवनमा स्वत: रहने आधार बन्नुपर्छ ।
धरती जस्तै बन्नुस्, रूख जस्तै— बस् जीवन बन्नुस् । तपाईँ बस् जीवन हुनुभयो भने तपाईंको मानव चेतना स्वाभाविक रूपमा अभिव्यक्त हुनेछ ।
तपाईँको खोज यथेष्ट रूपमा प्रखर बन्यो भने बोध धेरै टाढा छैन । किनकि तपाईँ अनतत: जे खोज्दै हुनुहुन्छ, त्यो तपाईंभित्रै छ ।
प्रतिबद्ध व्यक्तिका निम्ति असफलता भन्ने त्यस्तो केही हुँदैन— बस् पथमा सिकिने पाठहरू हुन्छन् ।
तपाईँमा जे बोध हुन्छ बस् त्यही जान्नुहुन्छ— बाँकी सबै कल्पना हुन् । योग यस्तो विज्ञान हो जसले तपाईंको बोध क्षमतालाई बढाउँछ ।
आफ्नो नाशवान् प्रकृतिप्रति जब तपाईं जतिबेला पनि सचेत रहनुहुन्छ, तपाईंको आध्यात्मिक खोज अविचलित हुनेछ ।
अरू मानिसहरूले केवल परिस्थितिहरू सृजना गर्न सक्छन् । तिनले केही भन्न वा केही गर्न सक्लान् । तर तपाईं त्यसबाट दुःखी बन्ने वा नबन्ने, यो तपाईंको रोजाइ हो ।
जो साहसी छन्, तिनले मूर्खपूर्ण कार्यहरू गर्छन् । जो डरपोक छन्, तिनले कम कार्यहरू गर्छन् । जो निडर छन्, तिनले जीवनलाई यसको मूल स्वरूपमा देख्छन् अनि त्यो गर्छन् जे आवश्यक छ ।
विगतलाई आफूभित्र जीवित राख्नुभयो भने तपाईं वर्तमानप्रति मृत बन्नुहुनेछ ।
तपाईंको सम्पत्ति खुसीयाली र कल्याण बन्नका निम्ति तपाईँलाई आफूभित्र आध्यात्मिक तत्त्व चाहिन्छ । त्यसबिना तपाईंको सफलताले स्वयं तपाईं विरुद्ध काम गर्न सक्छ ।
आत्मज्ञानको व्यग्र चाहना नगर्नुस् । व्यग्र चाहना वर्तमानका आफ्ना सीमाबाट छिट्टै पर पुग्नका लागि हुनुपर्छ ।
जीवनमा जब चीजहरू गलत भइदिन्छन्, तब नै त्यसले तपाईं को हो भनेर देखाउँछ । चीजहरू राम्रै चलिरहँदा त जोसुकैले आफू सानदार भएको ढोँग गर्न सक्छन् ।