FILTERS:
SORT BY:
तपाईंले विगतका अनुभवहरूलाई भविष्यमाथि हाबी हुन दिनुभयो भने, तपाईं यो सुनिश्चित गर्दै हुनुहुन्छ कि कुनै भविष्य नरहोस्— विगत नै अनेक रूपमा दोहोरियोस् ।
जब तपाईं आफ्ना रुचि, अरुचि र बाध्यात्मक बानीहरूको दलदलमा फस्नुहुन्छ, यसको मतलब आफू मानव हुनुको आधारभूत स्वतन्त्रता तपाईंले गुमाइसक्नुभयो ।
योग्यताले तपाईंलाई प्रवेश गराउन मात्र सक्छ । अन्तत: सक्षमता नै काम लाग्छ ।
तपाईं प्रेममा उदाउन सक्नुहुन्न, तपाईं प्रेममा उड्न सक्नुहुन्न, तपाईं प्रेममा उभिन सक्नुहुन्न— प्रेममा तपाईं झुक्नुपर्ने हुन्छ । यदि तपाईं भावनाको चमत्कार जान्न चाहनुुहुन्छ भने, तपाईंको केही अंश झुक्नुपर्छ ।
उत्कृष्ट हुनु भनेको अरूभन्दा राम्रो हुनु होइन । यसको अर्थ हो, अत्यन्तै सहज भावमा आफ्नो सर्वोच्च क्षमतामा रहनु ।
आनन्द स्वाभाविक अवस्था हो । दु:ख तपाईंको सृजना हो ।
तपाईंले पर्याप्त ध्यान दिने हो भने, यो थाहा हुनेछ कि यस सृष्टिमा हरेक चीज अद्भुत छ; हरेक चीज दिव्य शक्तितर्फको द्वार हो ।
Leadership is not about speeches or promises – it is about building a Nation. Without Sardar Vallabhbhai Patel, the Bharat we know today would not exist.
यो दीपावली, आफू वरिपरि झिलीमिली बत्तीहरूको उत्सव मात्र नबनोस्बरू उच्चतम स्पष्टता अर्थात् आत्मज्ञानतर्फको पाइला बनोस्प्रेम र आशीर्वाद
जीवन एउटा प्रक्रिया हो, समस्या होइन । प्रश्न यत्ति हो, तपाईंले यो प्रक्रियाका लागि आफूलाई तयार गर्नुभएको छ वा छैन ?
तपाईं अरूले चाहेजस्तो बनिदिनका लागि प्रतिबद्ध हुनुहुँदैन । तपाईं आफूले चाहे जस्तो बन्न प्रतिबद्ध हुनुपर्छ ।
हामी पर्फेक्ट भएर हाम्रो जीवन सुन्दर बन्ने होइन । हाम्रो जीवन तब सुन्दर बन्छ, जब आफूले गर्ने जुनसुकै कार्यमा हामी आफ्नो मनमुटु लगाउँछौँ ।