Main Centers
International Centers
India
USA
FILTERS:
SORT BY:
तपाईंको मनमा कुनै पनि किसिमको अशान्ति वा अप्रिय स्थिति हुनुको अर्थ यो हो : तपाईंको बुद्धिले तपाईंकै विरुद्ध काम गरिरहेको छ ।
प्रेम तपाईंभित्रको सुखद भावना हो । अर्को व्यक्ति तपाईंको जीवनबाट गए पनि, तपाईंले अझै प्रेम अनुभव गर्न सक्नुहुन्छ ।
जे हिजो भइसक्यो, त्यसबाट तपाईं आज पीडित हुनुहुन्छ भने, तपाईं आफ्नो स्मृतिबाट पीडित भइरहनुभएको छ— जीवनबाट होइन ।
खुसीयाली र पीडा दुवै तपाईंभित्रबाट हुन्छन् । छनौट तपाईंको हो ।
म नाशवान् छु भन्ने आभास भयो भने मात्र, तपाईं सचेत बन्नुहुन्छ । अन्यथा, तपाईंले पूर्णतया अचेत जीवन बाँच्नुहुनेछ ।
खुसी तपाईंले कतैबाट प्राप्त गर्ने होइन । यो त आफ्नो मूल स्वरूपमा फर्किनु हो ।
Bharat’s nationhood predates all religion. We were one Nation then, and we are one Nation now. Our pursuit of Mukti – Liberation – has always held us together.
युवा हुनुको भाव उमेरसँग सम्बन्धित हुँदैन, बरू आफ्नो जीवन्तता र सहभागीतासँग सम्बन्धित हुन्छ ।
तपाईं जति धेरै निष्कर्षहरू बनाउनुहुन्छ, तपाईं त्यति नै कम जीवित रहनुहुन्छ ।
स्थिरता, उल्लास र नशा— जब यी सबै तपाईंभित्र एकैसाथ घटित हुन्छ, जीवन आफ्नो सर्वोच्च सम्भावनामा रहन्छ ।
मेरो आध्यात्मिकता यति कमजोर छैन कि यसको लागि कुनै गुफा चाहियोस् । म बजारको भीडभाडमा बसेर पनि उस्तै रहन सक्छु ।
यदि तपाईं आफ्नै अहंकारले भरिनुभएको छ भने, जीवनले तपाईंलाई रगड्नैपर्छ । यसको अरू कुनै उपचार छैन ।