Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
योगले शारीरिक, मानसिक र आध्यात्मिक आयामहरूमा चमत्कारिक रूपमा काम गर्छ । एक मात्र चीज भनेको तपाईंले यसलाई अभ्यास गर्नुपर्ने हुन्छ ।
आफू जीवनमा अघि बढिरहेको छु कि छैन भनेर जान्न चाहनुहुन्छ भने, बस् यो हेर्नुस्, के तपाईं हिजोभन्दा आज अलिकति बढी खुसी हुनुहुन्छ ।
तपाईंलाई जेसुकै भए पनि, तपाईंले त्यसलाई कि त श्रापको रूपमा हेरेर त्यसबाट पीडित बन्न सक्नुहुन्छ, वा त्यसलाई आशीर्वादको रूपमा हेरेर त्यसको उपयोग गर्न सक्नुहुन्छ ।
मानिसहरू सफल हुनुमा, उनीहरू कडा परिश्रम नै गर्छन् भन्ने जरूरी छैन । उनीहरूले बस् त्यसरी गर्छन्, जुन तरिकाले खासमा काम गर्छ ।
यदि तपाईंलेे आफ्नो मनमा, भावनामा, र शरीरमा आफूले चाहेको परिवेश सृजना गर्न सक्नुभयो भने, तपाईंको स्वास्थ्य, आनन्द र खुसीयाली स्वत: सम्हालिनेछ ।
तपाईंलाई जेे मन पर्छ, त्यसका सीमाभित्र रहनुको तुलनामा, आफ्ना सीमाहरूबाट पर जानु निकै बढी महत्त्वपूर्ण छ ।
कुनै पनि काम तनावपूर्ण हुँदैन । आफ्नो शरीर, मन र भावनालाई व्यवस्थापन गर्न नसकेको अक्षमताले नै त्यसलाई तनावपूर्ण बनाउँछ ।
पर्याप्त ध्यान दिने हो भने, कुनै पनि चीजमा निपुण बन्न सकिन्छ ।
यदि तपाईं जीवनमा गहन अन्तर्दृष्टि चाहनुहुन्छ भने, तपाईंका बारेमा अरू मानिसहरूका धारणाले तपाईंका निम्ति रत्तिभर मतलब राख्नुहुँदैन ।
यदि तपाईंले कठिन समयहरूलाई भित्री कृपाले पार गर्न सक्नुभयो भने मात्र, तपाईंले देख्नुहुनेछ, हामीले सामना गर्ने प्रत्येक परिस्थिति आफ्नो जीवनलाई अझ उन्नत बनाउने अवसर हो ।
आफ्नो अस्तित्वको सुन्दरता बोध गर्नका लागि ध्यान एउटा माध्यम हो ।