Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
प्रकृतिले तपाईंमा एकल व्यक्ति हुनुको भाव दिएको छ, तर जीवन एक्लाएक्लै रूपमा घटित हुँदैन । जीवन सिङ्गो रूपमा घटित भइरहेको हुन्छ ।
कुनै पनि परिस्थितिमा तपाईंले बाध्यात्मक प्रतिक्रिया जनाउनुभयो भने मात्र, त्यो परिस्थिति तनावपूर्ण बन्दछ ।
रहस्यमयी अनुभवहरूको खोज नगर्नुस् । रूपान्तरणको खोज गर्नुस् ।
हरेक पटक आफूले समय चेक गर्दा, याद गर्नुस् कि जीवन बितिरहेको छ । जे साँच्चिकै सार्थक छ, त्यसमा आफ्नो ध्यान केन्द्रित गर्ने समय भइसक्यो ।
जब तपाईं शरीर र मनका सीमाबाट पर साँच्चिकै आफूलाई अनुभव गर्नुहुन्छ, त्यहाँ कुनै डर रहनेछैन ।
मेरो एक मात्र अभिप्राय भनेको तपाईं पूर्ण रूपमा प्रस्फुरित जीवन बन्नुस्— जीवन भनेकै त्यति नै हो ।
आफू जेजे होइन, ती चीजहरूसँग आफ्नो पहिचान जोड्न बन्द गर्नुभयो भने, तपाईंको मन स्थिर बन्नेछ । ध्यान गर्नलाई चाहिने यत्ति हो ।
यस धरतीमा मानव शरीरभन्दा श्रेष्ठ केमिकल फ्याक्ट्री अर्को छैन । तपाईं कुशल म्यानेजर बन्नुभयो भने, यसमा तपाईंले आनन्दको केमिकल उत्पादन गर्न सक्नुहुन्छ ।
यदि तपाईंलेे संसारलाई आफूले मन पराउने र मन नपराउने पक्षमा विभाजन गर्नुभयो भने, तपाईं सत्यलाई बोध गर्न अक्षम बन्नुहुन्छ ।
जब तपाईंको मानवता भरपूर रूपमा रहन्छ, तपाईं आफ्नो वरिपरि रहेका जीवनसमक्ष पुग्नुहुन्छ । यो कुनै नैतिकता होइन— यो नै मानव हृदयको स्वभाव हो ।
समस्या खासमा जीवनसँग होइन । समस्या यो हो कि तपाईंले आफ्नो मनलाई आफ्नो पकडमा राख्न सक्नुभएको छैन ।
यहाँ हाम्रो उपस्थिति बस् छोटो समयका लागि हुन्छ । हामीले अरुसँग झैझगडा गरेर यसलाई अझ छोट्याउन जरूरी छैन ।