Main Centers
International Centers
India
USA
FILTERS:
SORT BY:
कालभैरव केवल मृत्युसँग सम्बन्धित छैनन्— उनी काल (समय)सँग सम्बन्धित छन् । तपाईंले आफ्नो समयलाई कसरी उपयोग गर्नुहुन्छ भन्नेले नै मूलत: तपाईंको जीवनको गुण निर्धारण गर्दछ ।
जब तपाईं आफूभित्र मौन रहनुहुन्छ, तपाईंले जीवनलाई यसरी बोध गर्नुहुन्छ, जुन तपाईंले कल्पना गर्न सक्नुहुन्न— अत्यन्तै गहिराइमा ।
तपाईंको हृदयमा प्रेम छ भने, दयाभाव आवश्यक छैन । प्रेमले नै तपाईंलाई जीवनभरि मार्गदर्शन गर्दछ ।
चढ्नको लागि मूल्य चुकाउनुपर्छ, तर तपाईं सित्तैमा खस्न सक्नुहुन्छ । तपाईंले बस् सुन्दर स्थानहरूमा खस्न सिक्नुपर्छ— र सबैभन्दा सुन्दर स्थान स्वयं तपाईंभित्र छ ।
फुलको लागि सुगन्ध जे हो, मनुष्यको लागि प्रेम त्यही हो ।
आफूलेे जेजति गरिरहनुभएको छ, त्यसमा तपाईं सफलता चाहनुहुन्छ भने, सबैभन्दा महत्त्वपूर्ण चीज भनेको बोध भएर स्पष्टता हुनु हो ।
ध्यान भनेको विजय प्राप्ति वा उपलब्धि होइन— यो स्वयंमा फर्किनु हो । यो कहीँकतै जानेबारेमा होइन— यो आफैँभित्र खस्ने बारेमा हो ।
तपाईं जो हो, त्यसलाई आफूभित्र तपाईंले स्थापित गर्नुभयो भने, अरू मानिसले के भन्छन् भन्नेले अर्थ राख्दैन ।
तपाईंलाई जीवनको लागि कच्चा पदार्थ मात्र दिइएको हो । तपाईं यसबाट के बनाउनुहुन्छ, त्यो तपाईंमा निर्भर हुन्छ ।
तपाईंको जीवन परिस्थिति चाहे जेसुकै होस्, दु:खी हुनुपर्ने कुनै कारण छैन । तपाईं केही नलिई आउनुभयो, त्यसैले तपाईं सधैँ नाफामा हुनुहुन्छ ।
आफ्ना बच्चाहरूप्रति तपाईंमा थोरै पनि प्रेमको भाव छ भने, तपाईंले गर्न सक्ने उत्तम चीज भनेको तिनलाई केही नसिकाउनुस्, बरू आफूमाथि काम गर्नुस् ।
हामीले आफू वरिपरिका सांसारिक परिस्थितिलाई सधैँ बदल्न नसकौँला । तर तिनलाई अनुभव गर्ने तरिकालाई बदल्नबाट हामीलाई कसैले रोक्न सक्दैन ।