Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
तपाईंको सुस्वास्थ्य र तपाईंको रोग, तपाईंको आनन्द र तपाईंको पीडा, सबै भित्रबाट आउँछन् । तपाईं खुसीयाली चाहनुहुन्छ भने तपाईं आफूभित्र फर्किने समय भएको छ ।
जब तपाईं आफ्नो अस्तित्वको भित्री सुखको आनन्द लिनुहुन्छ, बाहिरी सुखहरू फिका लाग्नेछन् ।
यस ब्रह्माण्डमा तपाईं निकै सानो कण हो । तर यही सानो कणमा समेत सम्पूर्ण ब्रह्माण्डलाई समाहित गर्ने सामर्थ्य हुन्छ ।
पूर्ण रूपमा स्पष्टता छ भने त्यहाँ साहस जरुरी हुँदैन । किनकि स्पष्टताले नै तपाईंलाई पार लगाउनेछ ।
जीवनमा सर्वाधिक सन्तुष्टि यो हो— केही यस्तो गर्नु जुन तपाईंभन्दा निकै विशाल छ ।
आफू वरपरका हरेक चीजसँग गहिराइमा साथै सचेत रूपमा संलग्न रहनुभयो भने त्यहाँ बन्धन हुँदैन; त्यहाँ बस् आनन्द हुन्छ ।
आनन्द, बाहिर खोज्ने होइन— यो आफूभित्रै हुन्छ । आफ्नो मनलाई तपाईंले भद्रगोल पार्नुभएन भने तपाईं स्वाभाविक रूपमै आनन्दित बन्नुहुन्छ ।
आध्यात्मिक प्रक्रिया जीवनबाट पर भाग्नका लागि होइन बरु जीवनमा हरेक चिजको उपयोग गर्नु हो— आफूलाई बन्धनमा पार्न होइन, आफूलाई मुक्त गर्न ।
कर्म तपाईंको कार्यमा हुँदैन— कर्म तपाईंको दृढ मनसायमा हुन्छ । तपाईंको जीवनका घटनाले होइन बरू घटनाका सन्दर्भले कर्म सृजना गर्छन् ।
आफ्नो शरीर, मन, ऊर्जा र भावनामाथि काम गरेर तिनलाई निश्चित स्तरसम्म परिपक्व बनाउनुभयो भने ध्यान स्वत: प्रस्फुरित हुनेछ ।
जीवनको मूल उद्देश्य नै जीवनलाई यसको भरपूर गहिराइ र सम्पूर्ण आयाममा अनुभव गर्नु हो ।
तपाईंले आफ्नो मनको स्तरमा सृजना गर्ने प्रत्येक विचार, प्रत्येक स्पन्दनले तपाईंको शरीरको केमिस्ट्री परिवर्तन गर्छ ।