FILTERS:
SORT BY:
मनसायले गर्दा चीजहरू साकार हुने होइन । यसले दिशा दिने मात्र हो । तपाईं आफैँले यात्रा तय गर्नुपर्ने हुन्छ ।
कुनै पनि सम्बन्ध सधैँ एकनास हुँदैन— यो सधैँ परिवर्तनशील हुन्छ । तपाईंले यसलाई हरेक दिन राम्ररी सञ्चालन गर्नुपर्ने हुन्छ ।
केवल पैसा कमाउनेबारे नसोच्नुस्— राम्रोसँग बाँच्नेबारे सोच्नुस् । राम्ररी जीवन बाँच्नुको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको आफूमा जेप्रति वास्तवमै सरोकार छ, त्यही गर्नुस् ।
तपाईं आफूभित्र आनन्दित हुँदा, तपाईंका कार्यहरू स्वाभाविक रूपमा हेरचाहपूर्ण, विनयशील र उदार बन्छन् ।
जीवनका बाहिरी आयामले तपाईंलाई सुबिधा र सहजता दिन सक्छन् । भित्री आयामले मात्र तृप्ति दिन्छ ।
तपाईं जो हुनुहुन्छ, यो तपाईंले निर्माण गर्नुभएको हो । जब तपाईं यो बुझ्नुहुन्छ, कम्तीमा तपाईंले आफूलाई आफूले चाहे जस्तो बनाउनुपर्छ ।
बालबालिकाहरू जाति, धर्म वा वर्गको दायरामा अटाउन जरूरी छैन । उनीहरू आफ्नो मौलिक प्रकृतिमा प्रस्फुरित हुनुपर्छ ।
तपाईंले विगतका अनुभवहरूलाई भविष्यमाथि हाबी हुन दिनुभयो भने, तपाईं यो सुनिश्चित गर्दै हुनुहुन्छ कि कुनै भविष्य नरहोस्— विगत नै अनेक रूपमा दोहोरियोस् ।
डर, रिस, दु:ख, चिढचिढ र हरेस सबै मनको उपज हुन्, र यो मनमाथि तपाईंले काम गर्नुभएकै छैन ।
तपाईं आफ्नै प्रकृतिले आनन्दित हुनुहुन्छ भने, तपाईंले आफूले सकेको सबैभन्दा उत्तम गर्नुहुनेछ, र यसले नै महत्त्व राख्छ ।
आफू वरिपरिका मानिसहरूका लागि तपाईंले गर्न सक्ने सबैभन्दा ठूलो योगदान यही हो : एक सानदार र अद्भुत मानिस बन्नुस् ।
उत्कृष्ट हुनु भनेको अरूभन्दा राम्रो हुनु होइन । यसको अर्थ हो, अत्यन्तै सहज भावमा आफ्नो सर्वोच्च क्षमतामा रहनु ।