Main Centers
International Centers
India
USA
FILTERS:
SORT BY:
तपाईंले जेलाई सर्वोच्च देख्नुभएको छ, त्यसको खोज गर्नुस् । त्यसलाई आफ्नो दृष्टिमा राखेर बाँच्नु नै उन्नत गर्ने, मुक्तिदायक र आनन्दपूर्ण प्रक्रिया हो ।
आध्यात्मिक प्रक्रियाको पहिलो मूलभूत पक्ष भनेको तपाईं सबै मान्यताहरू त्याग्नुस् ।
तपाईं कस्तो माहोलमा हुनुहुन्छ भन्नेसँग आध्यात्मिकताको कुनै सम्बन्ध हुँदैन । आध्यात्मिकता अर्थात् तपाईंले आफूभित्र कस्तो माहोल सृजना गर्नुहुन्छ भन्ने हो ।
आनन्दले खेल्नुस्, छल नगरी खेल्नुस्, प्रखर रूपमा खेल्नुस् । जीवन एकदमै छोटो खेल हो— साथै सबैभन्दा भव्य पनि ।
खुला हुनु मतलब कुनै निष्कर्षहरू नबनाउने— हरेक चीजलाई बस् त्यसरी हेर्ने, जस्तो त्यो वास्तवमा छ ।
हामी आफूभित्र जुन अवस्थामा रहन्छौँ, परिणामस्वरूप शान्ति हुने हो ।
बुद्धिले सत्यलाई जित्न चाहन्छ । भक्तिले सत्यलाई आत्मसाथ गर्छ ।
तपाईंको मनको नाटक तपाईंले चाहेअनुसार हुनुपर्छ । तपाईं नै यसको निर्देशक हो ।
हरेक जीवमा आत्मज्ञानको बीज पहिल्यै हुन्छ । आत्मज्ञान हुनु भनेको बोध हुनु हो ।
तपाईंले जेजति बेहोसीमा गर्नुहुन्छ, त्यसलाई होसपूर्वक समेत गर्न सक्नुहुन्छ, र यसले नै विशाल फरक पार्दछ ।
जसले अस्तित्वको अखण्डता सुन्दछ, उसको लागि सबैथोक सङ्गीत हो ।
तपाईंको व्यक्तित्व आफू समाजमा बाँच्नका लागि तपाईंले बनाउनुभएको मुकुण्डो हो । एक मात्र समस्या यो हो : तपाईंमा यो मुकुण्डो चप्किएको छ ।