Main Centers
International Centers
India
USA
FILTERS:
SORT BY:
जीवन यसमा सम्बन्धित हुँदैन कि तपाईं के गर्नुहुन्छ । यो केवल यसमा सम्बन्धित हुन्छ कि तपाईं कसरी गर्नुहुन्छ ।
शिक्षामा प्रेरणा आवश्यक हुन्छ, न कि केवल जानकारीहरू । प्रेरित मानिसहरूले मात्र आफ्नो जीवन र आफू वरिपरिको जीवनलाई रूपान्तरित गर्न सक्छन् ।
परिपूर्णता तपाईंका लुगा, घर वा गाडीसँग सम्बन्धित हुँदैन । सही अर्थमा परिपूर्ण हुनु भनेको तपाईं कति खुसी, मायालु र आनन्दित हुनुहुन्छ भन्ने हो ।
शरीरको लागि श्वास र मुटुको धड्कन अपरिहार्य हुन्छन् । मनुष्य आत्माको लागि ध्यानको अवस्थामा हुनु अपरिहार्य हुन्छ ।
बलियो राष्ट्र निर्माण गर्न, हामीले यसलाई स्पष्ट दृष्टिकोण, प्रतिबद्धता र सही निर्णय लिने साहसले मलजल गर्नुपर्छ । भारतलाई धरतीको सबैभन्दा जीवन्त राष्ट्र बनाउन हामी प्रत्येकको योगदान चाहिन्छ ।
जीवन यसको उद्देश्यमा निहित हुँदैन । जीवन यसको प्रक्रियामा निहित हुन्छ— अर्थात् तपाईंले यतिखेर यसलाई आफूभित्र कसरी अनुभव गर्नुहुन्छ भन्नेमा ।
तपाईंका सपनाहरू सत्य नभइदिऊन्, तपाईंका आशाहरू पूरा नहोऊन् । किनभने ती सबै तपाईंले जानेका कुरामै आधारित हुन्छन् । यस्ता सम्भावनाहरूको खोज गर्नुस्, जुनसम्म कहिल्यै पुगिएको छैन ।
आजबाट आफूलाई नलतार्नुस् । तपाईंले जेसुकै गरिरहेको भए पनि, जेसुकै भइरहेको भए पनि, जीवनको यात्रामा आफ्नै तरिकाले मग्न रहनुस् ।
तपाईं उपस्थित हुनुहुन्छ भने, म सधैँ उपस्थित रहन्छु— तपाईंको जीवनभरि र त्यसपछि पनि । यहाँसम्म कि मैले आफ्नो शरीर त्यागे पछि पनि, म अझै उपस्थित रहनेछु ।
जब नयाँ परिस्थितिहरू आउँछन्— भलै तपाईंलाई मन नपर्ने नै भए पनि— तिनलाई अँगाल्नुस् । तपाईंमा जति कम प्रतिरोध हुन्छ, तपाईं त्यति बढी स्फूर्त र प्रभावकारी बन्नुहुन्छ ।
तपाईं आनन्दित हुँदा, तपाईं कसैसँग लड्नुहुन्न, अनि तपाईंले सबैभन्दा सानदार चीजहरू गर्नुहुन्छ ।
प्रेमले तपाईंलाई विवेक दिँदैन । यसले तपाईंलाई सही मनसाय दिने मात्र हो ।