यक्ष— सङ्गीत र नृत्यको उल्लासमय उत्सव

फाल्गुन २४, २५, २६ गते, ईशा योग केन्द्र

यस संस्कृतिमा जुन कलाहरू हजारौँ वर्षसम्म विकसित भए, ती यहाँ रहेका विविध संस्कृतिको प्रतिबिम्ब मात्रै होइनन्, बरु आध्यात्मिक प्रेरणाको स्रोत पनि हुन् । ती संस्कृतिहरूले पुस्तौँदेखि यस भूमिलाई समृद्ध बनाएका छन्, तर अहिले हामीहरू जीवनको त्यस आयामलाई द्रुत गतिमा भुलिरहेका छौँ । ललित कलाहरूको विशेषता र शुद्धतालाई बचाएर राख्न अनि ती कलाहरूको विविधतालाई प्रवर्द्धन गर्ने कोशिस अन्तर्गत, ईशा फाउण्डेशनमा हरेक वर्ष तीन दिवसीय उत्सव ‘यक्ष’ आयोजना गरिन्छ । यस उत्सवमा ख्याति प्राप्त कलाकारहरूद्वारा सङ्गीत र नृत्य प्रस्तुतिहरू गरिनेछ ।

यक्ष, अलौकिक जीवहरू हुन्, जसको बारेमा विभिन्न मिथकहरूमा उल्लेख गरिएको छ । यक्ष उत्सव यस्तो मञ्च हो, जसले कलाकारहरूलाई प्राचीन कलाहरू प्रस्तुत गर्ने अवसर दिनुको साथै कला प्रेमीहरूलाई प्रख्यात कलाकारहरूद्वारा प्रस्तुत यी प्राचीन कलाहरूको स्वाद लिने अवसर प्रदान गर्दछ ।

Watch Archived Webstream

detail-seperator-icon

साङ्गीतिक प्रस्तुतिहरू २०२१

यस वर्ष मार्च ८–१० (फाल्गुन २४–२६) सम्म ‘यक्ष’ आयोजना गरिँदै छ । सबै प्रस्तुतिहरू प्रत्यक्ष प्रसारण गरिनेछ ।

पहिलो दिन: मार्च ८

श्रीमती कौशिकी चक्रवर्ती

हिन्दुस्तानी

श्रीमती कौशिकी चक्रवर्ती भारतीय शास्त्रीय गायिका हुनुहुन्छ । सङ्गीत रिसर्च एकेडेमीबाट प्रशिक्षित हनुभएकी कौशिकी, पटियाला घरानाको एकदमै प्रख्यात र प्रतिभाशाली कलाकार हुनुहुन्छ । उहाँको प्रस्तुतिहरूको सूचीमा खयाल र अर्ध–शास्त्रीय ठुमरी विधाहरू समावेश गरिएका छन् । उहाँलाई सन् २००५ मा विश्व सङ्गीतको लागि एशिया प्रशान्त विधामा बिबिसी रेडियो ३ अवार्ड प्रदान गरिएको थियो ।

दोस्रो दिन: मार्च ९

श्री सन्दीप नारायण

कर्नाटक गायन

सन्दीप नारायण कर्नाटक सङ्गीतमा अहिले सबैभन्दा बढी खोजिने गायकहरू मध्येका एक हुनुहुन्छ । उहाँ यस्तो सङ्गीतकार हुनुहुन्छ, जो अमेरिकामा जन्मिनु र हुर्किनु भएपनि, पूर्णकालिन करियरको रूपमा कर्नाटक सङ्गीतमा अघि बढ्नको लागि भारत जानुभएको थियो । विभिन्न सीमाहरू पार गर्दै अघि बढिरहनु भएका सन्दीप, सङ्गीतमा अघि बढ्न चाहने थुप्रैका लागि रोल मोडल हुन पाउँदा गौरवान्वित हुनुहुन्छ । उहाँले सङ्गीत नाटक एकेडेमीको उस्ताद बिस्मिल्लाह खान युवा पुरस्कार, अनि कला रत्न र युवा पुरन्दर अर्वाड लगायत अन्य थुप्रै अर्वाडहरू प्राप्त गर्नुभएको छ ।

तेस्रो दिन: मार्च ११

ईशा संस्कृति

भरतनाट्यम

ईशा संस्कृति, सद्‌गुरुद्वारा स्थापना गरिएको थियो, जसलाई बच्चाहरूको समर्पणमा परिकल्पना गरिएको हो । यसले बच्चाहरूलाई आफूभित्र र आफ्नो वरपरको संसारसँग सामञ्जस्यतामा अघि बढ्नको लागि आदर्श माहोल प्रदान गर्दछ ।

योग–अभ्यासहरू, भरतनाट्यम, शास्त्रीय सङ्गीत र मार्सल आर्ट्समा कलरीपायट्टू जस्ता शास्त्रीय कलाहरूको अद्वितीय मिश्रणले बच्चाको शरीर र मनमा सन्तुलन र स्थिरता ल्याउँदछ । यी विस्तृत कला स्वरूपहरूलाई हजारौँ वर्षदेखि उपयोग गरिएको छ— मनोरञ्जन वा रुचिको रूपमा नभई आध्यात्मिक प्रक्रियाको रूपमा । संस्कृत भाषाको अभूतपूर्व आध्यात्मिक महत्त्व रहेको छ; बच्चाहरूको शिक्षाको प्रक्रियामा संस्कृतको प्रमुख हिस्सा रहेको छ । साथै, बच्चाहरूले अङ्ग्रेजी र आधारभूत गणित पनि अध्ययन गर्दछन् ।

detail-seperator-icon

यक्ष २०२१ मा हामीसँग जोडिनुहोस्

ईशा योग केन्द्र, भारत
साँझ ६:४५ – राति ८:४५
थप जानकारीको लागि: info@mahashivarathri.org

detail-seperator-icon

अघिल्लो यक्ष-उत्सवका कलाकारहरू

ईशा फाउण्डेशनद्वारा हरेक वर्ष आयोजना गरिने यक्ष, सङ्गीत र नृत्यको अद्‌भुत उत्सव हो । महाशिवरात्रिको पूर्वार्द्धमा मनाइने यक्ष उत्सवमा भारतका केही महान् कलाकारहरूको प्रस्तुति अनि हजारौँ उत्साही दर्शकहरूको उपस्थिति रहन्छ । हामी तपाईंलाई यक्ष–उत्सवमा आमन्त्रित गर्दछौँ !

Smt.-Kala-Ramnath

श्रीमती कला रामनाथ

हिन्दुस्तानी वाद्य यन्त्र – भायलिन

Hyderabad-Brothers

हैदराबाद ब्रदर्स

कर्नाटक गायन

Leela-Samson

श्रीमती शर्मिला विश्वास

ओडिसी शास्त्रीय नृत्य

detail-seperator-icon

अघिल्लो वर्षका प्रस्तुतिहरू

यक्ष, अलौकिक जीवहरू हुन्, जसको बारेमा विभिन्न मिथकहरूमा उल्लेख गरिएको छ । यक्ष उत्सव यस्तो मञ्च हो, जसले कलाकारहरूलाई प्राचीन कलाहरू प्रस्तुत गर्ने अवसर दिनुको साथै कला प्रेमीहरूलाई प्रख्यात कलाकारहरूद्वारा प्रस्तुत यी प्राचीन कलाहरूको स्वाद लिने अवसर प्रदान गर्दछ । महाशिवरात्रिको पूर्वार्द्धमा मनाइने यक्ष उत्सवमा भारतका केही महान् कलाकारहरूको प्रस्तुति रहन्छ साथै हजारौँ उत्साही दर्शकहरूको उपस्थिति रहन्छ ।

Kalapini Komkali

श्रीमती कलापिनी कोमकली

हिन्दुस्तानी गायन

Ranjani-Gayatri

श्रीमती रञ्जनी-गायत्री

कर्नाटक गायन

Leela-Samson

लीला सेमसन र स्पन्दा डान्स कम्पनी
नदी

 

विदुषी बम्बई जयश्री— कर्नाटक गायन

श्री गणेश र श्री कुमारेश— कर्नाटक भायलिन

पद्मश्री गीता चन्द्रन— भरतनाट्यम नृत्य

पद्मश्री भुषण टिवी शङ्करनारायणन — कर्नाटक गायन

उस्ताद सयीदुद्दीन दगर— हिन्दुस्तानी गायन

मल्लाडी ब्रदर्स— कर्नाटक गायन

राजन मिश्र र साजन मिश्र— हिन्दुस्तानी गायन

रमा वैद्यनाथन— भरतनाट्यम नृत्य

पण्डित अजय चक्रवर्ती— हिन्दुस्तानी गायन

मैसूर ब्रदर्स— कर्नाटक भायलिन

पद्मश्री मिनाक्षी चिथरञ्जन— भरतनाट्यम नृत्य

विजयिनी सत्पथी र सुरुपा सेन— ओडिसी नृत्य

detail-seperator-icon