logo
logo

शिवरात्रि— महिनाको अन्धकार रात !

शिवको रात, शिवरात्रि को बारेमा बताउने क्रममा, सद्‌गुरु यो बुझाउँदै हुनुहुन्छ कि यस रातले मानव प्रणालीलाई सम्पूर्ण बनाउनको लागि शक्तिशाली सम्भावना प्रदान गर्दछ ।

महिनाको चौधौँ रात— औँसीभन्दा एकदिन अगाडिको रात— महिनाभरिको सबैभन्दा अँध्यारो रात हो । जब हामी "शिव" भन्छौँ, त्यसको एउटा पक्ष यो हो कि हामी आदियोगी अर्थात् पहिलो योगीको बारेमा कुरा गरिरहेका छाैँ । अर्को पक्ष के हो भने "शिव" को शाब्दिक अर्थ हो, "त्यो जुन छैन ।" "त्यो जुन छ", अस्तित्व वा सृष्टि हो । "त्यो जुन छैन", शिव हुन् । आज आधुनिक विज्ञानले हामीलाई यो भनिरहेको छ कि पूरै सृष्टि शून्यताबाट आएको हो र पुनः शून्यतामै फर्किनेछ । सबैथोक शून्यताबाट आउँछन् अनि पुनः शून्यतामै फर्किन्छन् । शून्यता नै अस्तित्वको आधार हो । त्यसैले, हामी शिवलाई अस्तित्वको आधारको रूपमा हेरिरहेका छौँ । "त्यो जुन छ" को आधार भनेकै "त्यो जुन छैन" हो ।

यस्तो भनिन्छ कि सम्पूर्ण सृष्टि शिवको काखमा घटित भइरहेको छ, साथै शिवलाई 'अन्धकार' पनि भनिन्छ । अस्तित्वमा सबैथोकलाई एकैसाथ थामेर राख्ने ऊर्जलाई आधुनिक वैज्ञानिकहरू डार्क इनर्जी (अन्धकारमय ऊर्जा) भन्दछन् ।


यदि तपाईंले राति आकाशमा हेर्नुभयो भने, त्यहाँ अरबौँ ताराहरू छन्, तर त्यो महत्त्वपूर्ण कुरा होइन । ताराहरूको तुलनामा खाली ठाउँ निकै विशाल छ । सृष्टि झिनो छ । विराट् शून्यता ठूलो कुरा हो । त्यही विशाल खालीपन वा शून्यताको काखमा सृष्टि समाहित छ । यस्तो भनिन्छ कि सम्पूर्ण सृष्टि शिवको काखमा घटित भइरहेको छ, साथै शिवलाई 'अन्धकार' पनि भनिन्छ । अस्तित्वमा सबैथोकलाई एकैसाथ थामेर राख्ने ऊर्जालाई आधुनिक वैज्ञानिकहरू डार्क इनर्जी (अन्धकारमय ऊर्जा) भन्दछन् । उनीहरू किन यसलाई डार्क इनर्जी भनिरहेका छन् भने, उनीहरू अर्को तरिकाले व्याख्या गर्न सकिरहेका छैनन् अनि यसको प्रकृतिलाई समेत बुझ्न सकिरहेका छैनन् । उनीहरूले पनि एक तरिकाले त्यसलाई शिव भनिरहेका हुन् !

"शिवरात्रि" को शाब्दिक अर्थ "शिवको रात" हो । यसदिन, तपाईंको शारिरिक प्रणालीमा स्वतः उर्जाहरू माथितिर प्रवाहित हुन थाल्छन् । यसबाट लाभ लिनको लागि योगमा एक प्रकारको साधना छ । मूलभूत रूपमा हेर्ने हो भने, चाहे त्यो व्यक्तिगत मानव शरीर होस् वा विशाल ब्रम्हाण्डिय शरीर, यी मूलतः पञ्चभूत वा पाँच तत्त्वहरू— जल, अग्नि, पृथ्वी, वायु र आकाश— बाट बनेका हुन्छन् । जसलाई तपाईं "म" भन्नुहुन्छ, त्यो यी पाँच तत्त्वहरूको छल मात्र हो । तपाईं चाहे यो प्रणाली वा मनुष्य हुनुको पूर्ण क्षमता जान्न चाहनुहोस्, अथवा तपाईं योभन्दा पर गएर विशाल ब्रम्हाण्डिय प्रणालीसँग एक बन्न चाहनुहौस्— अर्थात्, चाहे तपाईंको चाहना वैयक्तिक हुनको लागि हो वा सार्वभौमिक हुनको लागि— जबसम्म तपाईंले जानेर वा नजाकिन, चेतन भएर वा अनजानमै यी पाँच तत्त्वहरूमाथि निश्चित मात्रामा महारथ प्राप्त गर्नुहुन्न, तपाईं न त एक व्यक्ति हुनुको सुख जान्नुहुन्छ, न त ब्रम्हाण्डसँग एक हुनुको परम–आनन्द जान्नुहुन्छ ।

शिवको एउटा नाम भूतेश्वर हो, अर्थात् पञ्च–तत्त्वहरूको स्वामी । हरेक शिवरात्रिमा, ध्यानलिङ्गमा आयोजना हुने पञ्चभूत आराधना मुख्यत: ध्यानलिङ्गको कृपा प्रति ग्रहणशील बन्नको लागि हो । पञ्चभूत आराधनाले शक्तिशाली सम्भावना सृजना गर्दछ, जहाँ तपाईं आफ्नो प्रणालीलाई एकीकृत गर्न सक्नुहुन्छ, जसले तपाईंको शरीरको पञ्च–तत्त्वहरूलाई अझ राम्रो तरिकाले सङ्गठित गर्नको लागि उचित स्थिति सृजना गर्दछ ।

एउटा शरीर र अर्को शरीरबिच, यी पाँच तत्त्वहरू कति राम्रोसँग सङ्गठित छन् भन्ने कुराले त्यस व्यक्तिको लगभग सबैथोक तय गर्दछ । यदि यो शरीर विशाल सम्भावनाको लागि सोपान (खुड्किला) बन्नुपर्ने हो भने, यो एकदमै महत्त्वपूर्ण छ कि हाम्रो प्राणली सही तरिकाले एकीकृत हुनुपर्छ । तपाईं जुन हावामा श्वास लिनुहुन्छ, जुन पानी पिउनुहुन्छ, जुन खाना खानुहुन्छ, जुन धरतीमा हिँड्नुहुन्छ अनि जीवनको रूपमा रहेको अग्नि— यी सबै तत्त्वहरूबाट तपाईंको शरीर बनेको छ । यदि तपाईंले यिनलाई नियन्त्रित, जीवन्त र केन्द्रित राख्नुभयो भने, तपाईंको स्वास्थ्य, खुसियाली र संसारमा सफलता सुनिश्चित छ । मेरो कोशिस यही छ कि भिन्न–भिन्न साधनहरू बनाउन सकूँ, जसले मानिसहरूको लागि यसलाई यस रूपमा सम्भव बनाओस् कि तपाईंको हुने तरिका नै पञ्चभूत आराधना बनोस् ।

सम्पादकीय: थप जानकारीको लागि  पञ्च-भूत आराधना

    Share

Related Tags

आदियोगी

Get latest blogs on Shiva

Related Content

शिव–शक्तिः कसरी ५४ वटा शक्तिपीठहरू उत्पत्ति भए ?