महाशिवरात्रि महा–उत्सवमा सहभागी बन्नुहोस्
ईशा योग केन्द्रमा, महाशिवरात्रि थुप्रै वर्षहरूदेखि भव्य र उल्लासमय तरिकाले मनाउने गरिएको छ । सङ्गीत, नृत्य अनि सद्गुरु द्वारा निर्देशित शक्तिशाली ध्यान प्रक्रियाहरूले भरिपूर्ण यस महा–उत्सवले हरेक वर्ष लाखौँ मानिसहरूलाई आकर्षित गर्दछ । ईशा योग केन्द्रमा पाल्नुहुने भक्तालुहरूको तुलनामा, इन्टरनेट र टि.भी च्यानलहरू मार्फत हुने प्रत्यक्ष प्रसारणको माध्यमले अझ थुप्रै मानिसहरू हामीसँग जोडिनुहुन्छ ।
महाशिवरात्रि
फाल्गुन १७ गते: साँझ ६:१५ देखि बिहान ६:१५ सम्म
प्रस्तोता – साउण्ड्स अफ ईशा अनि अन्य ख्याति प्राप्त कलाकारहरू
स्थान: – ईशा योग केन्द्र
ठेगाना: – ईशा योग केन्द्र, वेल्लियनगिरी बेँसी, कोयम्बतूर, तमिल नाडु, 641114
महाशिवरात्रि को लागि रजिष्टर गर्न
प्रत्यक्ष सहभागी हुनको लागि
तपाईंहरू सबैलाई स्वागत छ
थप जानकारीको लागि
सम्पर्क: 83000 83111
ईमेल: info@mahashivarathri.org
टि.भी मार्फत प्रत्यक्ष प्रसारण
Hindi
Tamil
सत्सङ्ग
ईशा योग केन्द्रमा, महाशिवरात्रि भव्य र उल्लासमय तरिकाले मनाइन्छ । रातभरि चल्ने यस अद्भुत समारोह र सद्गुरु सँगको सत्सङ्गमा सहभागी हुनको लागि विश्वभरिबाट लाखौँ मानिसहरू पाल्नुहुन्छ ।
ध्यान
उल्लासमय र रङ्गीन साँस्कृतिक कार्यक्रमहरूको बिचमा रातभरि सद्गुरुले शक्तिशाली ध्यानहरू गराउनुहुन्छ ।
मध्यरात्रि ध्यान
मध्यरातमा सद्गुरु ले विशाल जन–समुहलाई एकदमै शक्तिशाली ध्यान प्रक्रियामा दीक्षित गर्नुहुन्छ, जुन महाशिवरात्रि को रातको सबैभन्दा ठूलो आकर्षण हो ।
शक्तिशाली मन्त्र उच्चारण
एउटा सरल मन्त्र, आत्मज्ञानी गुरुको सानिध्यमा तपाईंलाई रूपान्तरण गर्ने शक्तिशाली प्रक्रिया बन्दछ । यस महाशिवरात्रि, सद्गुरु द्वारा निर्देशित ध्यान प्रक्रियामा हामीसँग प्रत्यक्ष प्रसारण मार्फत जोडिनुहोस् । थप जानकारी
महाशिवरात्रि साधना— आफूलाई तयार गर्नुहोस् !
महाशिवरात्रि साधना, विशाल र असीमित सम्भावनाहरूले भरिएको रात, महाशिवरात्रिको लागि आफूलाई तयार गर्ने प्रक्रिया हो । सात वर्षमाथिका जोसुकैले यो साधना गर्न सक्नुहुनेछ । यो साधनालाई लगातार ४०, २१, १४, ७ वा ३ दिनहरूसम्म गर्न सकिन्छ । थप जानकारी
घरमै महाशिवरात्रि मनाउने तरिका
महाशिवरात्रि को रातमा शक्तिशाली रूपमा ऊर्जा स्वत: माथितर्फ प्रवाहित हुन्छ । यही कारणले गर्दा, तपाईं केही शक्तिशाली साधनाहरू गर्न सक्नुहुन्छ, जुन साधारणतया कुनैपनि तयारी नगरेका मानिसहरूको निम्ति असहायक हुने गर्दछ ।
जस्तै कि, हामीले मानिसहरूलाई सदैव यो भन्ने गरेका छौँ कि सामान्य परिस्थितिहरूमा महामन्त्र °ॐ नम: शिवाय° जप नगर्नुहोस् । तर, महाशिवरात्रिको रातमा तपाईं यो साधना गर्न सक्नुहुन्छ अनि भरपूर रूपमा लाभ लिन सक्नुहुन्छ ।
जो व्यक्तिहरू महाशिवरात्रिमा ईशा योग केन्द्रमा उपस्थित हुन सक्नुहुन्न, उहाँहरूले निम्नलिखित तरिकाहरू अपनाएर यस रातको लाभ लिन सक्नुहुन्छ:
- महाशिवरात्रि को रातको सबैभन्दा बढी लाभ लिनको लागि तपाईंले आफ्नो मेरुद्दण्ड (ढाड) लाई सिधा राखी जागा र सचेतन रहनुपर्छ । (तपाईं पल्टिनु हुँदैन ।)
- आफ्नो कोठालाई तयार गर्नको लागि तपाईं दियो वा लिङ्ग ज्योति बाल्न सक्नुहुन्छ । साथै, ध्यानलिङ्ग यन्त्र वा सद्गुरु को तस्विर, फूल र धूप प्रयोग गर्न सक्नुहुन्छ ।
- तपाईं मन्त्र उच्चारण गर्न सक्नुहुन्छ, अनि भक्तिमय गीत एवं मन्त्रहरू सुन्न वा गाउन सक्नुहुन्छ ।
- यदि एक्लै हुनुहुन्छ भने, केहीबेर यताउति हिँड्ने र प्रकृतिको सम्पर्कमा रहनु सहायक हुनेछ । यदि तपाईं अरू मानिसहरूसँग हुनुहुन्छ भने, जति सकिन्छ त्यति शान्त रहनु राम्रो हुनेछ ।
- मध्यरात्रि साधना गर्ने तरिका: राति ११:१० देखि ११:३० सम्म नाडी शुद्धि प्राणायाम; ११:३० देखि १२:५० सम्म ॐ मन्त्र उच्चारण; ११:५० देखि १२:१० सम्म महामन्त्र °ॐ नम: शिवाय° उच्चारण गर्नुहोस् ।
- यदि तपाईं इन्टरनेट वा टि.भी. मार्फत प्रत्यक्ष प्रसारणको माध्यमले महाशिवरात्रि उत्सवमा जोडिनुभएको छ भने, तपाईं त्यहीँ उल्लेख गरिने निर्देशनहरू पालन गर्न सक्नुहुन्छ ।