कार्यक्रम अनुसूची
महाशिवरात्रिले कलाकारहरूलाई प्रस्तुति दिन साथै शास्त्रीय कलाहरूको सराहना गर्नको लागि सार्वजनिक मञ्च प्रदान गर्दछ । यो महा–उत्सव सङ्गीत र नृत्य परम्पराहरूको विशिष्टता, शुद्धता र विविधतालाई संरक्षित गर्ने अनि प्रवर्द्धन गर्ने प्रयास हो । यी कलात्मक प्रस्तुतिहरूले आफ्नो सूक्ष्म र जीवन्त रूपहरूमा हाम्रो प्राचीन संस्कृतिको उत्कृष्टता र गहनतालाई उजागर गर्नुको साथै संसारभरिका मानिसहरूलाई यी कलाहरूको सुन्दरता जान्ने अनि तिनको अनुभव गर्ने अवसर प्रदान गर्दछ ।
साँझ ६:२५
पञ्चभूत आरधना
पञ्चभूत आरधना, मानव प्रणालीभित्र रहेका पाँच तत्त्वहरू (जल, वायु, अग्नी, धरती, आकाश) लाई शुद्ध गर्ने शक्तिशाली प्रक्रिया हौ ।
साँझ ६:५५
लिङ्ग भैरवी महा-आरति
लिङ्ग भैरवी उत्सव मूर्तिको जीवन्त र आनन्दमय शोभायात्रा अनि देवीको कृपा, परम–आनन्द र महिमामा अभिभूत हुने अद्वितीय अवसर
राति ११: ०५
सद्गुरु द्वारा प्रवचन र मध्यरात्रि ध्यान
सद्गुरुले प्रवचन दिनुहुनेछ, अनि मध्यरातमा सद्गुरुले विशाल जन–समुहलाई एकदमै शक्तिशाली ध्यान प्रक्रियामा दीक्षित गर्नुहुन्छ, जुन महाशिवरात्रि को रातको सबैभन्दा ठूलो आकर्षण हो ।
राति १२:३०
आदियोगी दिव्य दर्शनम्
प्रकाश र ध्वनि को भव्य प्रदर्शन, जसमा सम्पूर्ण मानवताप्रति आदियोगी को योगदान र अर्पणलाई दर्शाइएको छ
राति १२:४५ देखि २:३० सम्म
सद्गुरु द्वारा प्रवचन, प्रश्नोत्तर अनि शम्भो ध्यान
शम्भो, शिवको साैम्य रूप हो । “शम्भो” मन्त्रले तपाईंलाई जीवनको नयाँ आयाम खोल्ने सम्भावना प्रदान गर्दछ ।
बिहान ३:५०
ब्रह्म मूहुर्त
ब्रह्म मूहुर्त, भौतिक प्रकृतिबाट पर जानको लागि आध्यात्मिक साधनाहरू गर्ने सबैभन्दा उत्तम समय हो ।
रातभरि प्रस्तुतिहरू
प्रसिद्ध कलाकारहरूको सङ्गीत, नृत्य र साँस्कृतिक प्रदर्शनहरूले तपाईंलाई रातैभरि जागा र जीवन्त बनाउने छन्, ताकि तपाईं यस पवित्र रातको सम्भावनाहरूको लाभ उठाउन सक्नुहोस् ।