‘मृत्यु’ सम्बन्धी पुस्तक— ती सबैका निम्ति, जो एकदिन मर्नु पर्नेछ !

विश्वका अधिकांश समाजहरूमा मृत्यु वर्जित विषय बनेको छ । तर, कतै हामीले मृत्युलाई पूर्णतया गलत रूपमा पो बुझेका छौँ कि ? मृत्युलाई जुन रूपमा महाविपत्ति भनेर चित्रित गरिएको छ, यो त्यसो नभएर हाम्रो जीवनको मूलभूत पक्ष पो हो कि ? मुक्तिको लागि आध्यात्मिक सम्भावना पो हो कि ?

यस अद्वितीय पुस्तकमा आफ्नो भित्री अनुभवमार्फत सद्‌गुरुले मृत्युका गहन पक्षहरूबारे विस्तारमा व्याख्या गर्नुभएको छ, जुन विरलै भनिएको छ । ‘आफूलाई मृत्युको निम्ति कसरी तयार गर्न सकिन्छ’, ‘मृत्यु नजिकिँदै गरेको व्यक्तिका निम्ति के गरिनुपर्छ’, ‘मृत्युपछि हामी कसरी उनीहरूको यात्रालाई अझ सहज बनाउन सक्छौँ’, साथै ‘जन्म र मृत्युको चक्रबाट कसरी मुक्त हुन सकिन्छ’ जस्ता विषयहरू पुस्तकमा समावेश गरिएका छन् ।

चाहे कोही आस्तिक हुन् वा नास्तिक, भक्त हुन् वा अज्ञानी, निपुण साधक हुन् वा साधारण व्यक्ति— यो पुस्तक वास्तवमै ती सबैका निम्ति हो, जो एकदिन मर्नु पर्नेछ !