लाखौँ भक्तहरूलाई भोजन अर्पण गर्नको लागि सहयोग गर्नुहोस् !
म दान गर्न चाहन्छु !
*तपाईंको दान महत्त्वपूर्ण छ !
इतिहास लेखिनुभन्दा धेरै अगाडि, संसारैभरि मानिसहरूले भोजन र जीवनको बिचमा रहेको गहिरो सम्बन्धलाई बुझ्दै आएका छन् । यस संस्कृतिमा भोजन अर्पण गर्नुलाई सदैव पवित्र कार्य मानिएको छ । यहाँ हरेक समुदायमा, कुनैपनि पर्व वा समारोहमा अन्नदान नगरिकन वा प्रसाद नबाँडिकन त्यो पूरा हुँदैन ।
हामी आफ्ना पुर्खाहरू, देवी–देवताहरू, साधु–सन्यासीहरू, वृद्धहरू, तीर्थ यात्रीहरू साथसाथै परिवारजन, साथीहरू, आफन्तहरू सबैलाई भोजन अर्पण गर्दछौँ— यहाँसम्म कि प्राणीहरूलाई समेत !
सर्वत्र व्याप्त रहेको अन्नदान परम्पराको कारण हजारौँ वर्षदेखि योगी, सन्त, महात्माहरूले एउटा कुना देखि अर्को कुनासम्म यात्रा गर्ने अनि पूरै उपमहाद्विपमा आध्यात्मिक विज्ञान फैलाउने काम गर्न सकेका थिए ।
ईशा योग केन्द्रमा, महाशिवरात्रिमा रातभरि चल्ने महा–उत्सवमा भाग लिने लाखौँ भक्तहरूलाई महा–अन्नदान अर्पण गरिन्छ । हामी तपाईंहरूलाई अन्नदानमा योगदान गर्न आमन्त्रित गर्दछाैँ ।