भैरवी साधना, दुवै महिला र पुरषको निम्ति रचना गरिएको साधना हो । अनलाइन मार्फत साधनाको दीक्षा र समापन गरिनेछ ।

 

महिला र पुरषको निम्ति दीक्षा मिति: पौष २३ गते
महिलाको निम्ति समापन मिति: माघ १५ गते
पुरुषको निम्ति समापन मिति: माघ २९ गते

 

दर्ता गर्नुहोस्

 
भैरवी साधना, दुवै महिला र पुरषको निम्ति रचना गरिएको साधना हो । अनलाइन मार्फत साधनाको दीक्षा र समापन गरिनेछ ।

 

महिला र पुरषको निम्ति दीक्षा मिति: पौष २३ गते
महिलाको निम्ति समापन मिति: माघ १५ गते
पुरुषको निम्ति समापन मिति: माघ २९ गते

 

दर्ता गर्नुहोस्

seperator
 

"जब तपाईं आफूलाई रित्तो बनाउनुहुन्छ, देवीसँग तपाईंको साथमा रहने बाहेक अरू विकल्प हुँदैन । अनि, यदि तपाईंले देवीको साथ पाउनुभयो भने, मसँग पनि कुनै विकल्प हुँदैन ।" – सद्‌गुरु

भैरवी साधना, भित्रैबाट भक्ति सृजना गर्ने अवसर हो । पहिलो पटक दुवै महिला र पुरुषले यो साधना गर्न सक्ने छन् । यो साधना उत्तरायणको शुरुवाती समयमा आरम्भ हुन्छ । उत्तरायणमा सूर्य उत्तरी गोलार्धतर्फ गतिशील हुन्छ, जुन आध्यात्मिक रूपमा ग्रहणशील बन्नको लागि अनुकूल समय हो ।

महिलाहरूको निम्ति, 'थाइपुषम्' को शुभ दिनमा साधना समापन हुनेछ, जुन देवी भैरवी आराधना अर्थात् लिङ्ग भैरवी देवीको प्राण–प्रतिष्ठाको वार्षिकोत्सव हो । सन् २०२१ को थाइपुषम्, लिङ्ग भैरवी देवीको प्राण–प्रतिष्ठाको ११औँ वार्षिकोत्सव भएकोले एकदमै विशेष छ, किनकि देवीको निम्ति ११ महत्त्वपूर्ण अङ्क हो ।

पुरुषहरूको निम्ति, थाइपुषम् (पूर्णिमा) पछिको औँशीमा साधना समापन हुनेछ ।

Ladies-Shivanga-Sadhana
 
भैरवी साधनाको महत्त्व
seperator
 
  • भैरवी साधना देवीको कृपाको लागि आफूलाई अधिक ग्रहणशील बनाउने शक्तिशाली प्रक्रिया हो ।
  • विशेष अभ्यासहरू, अनुशासन र अर्पणहरू मार्फत साधकहरूले देवीको कृपा प्राप्त गर्दछन् ।
  • अनलाइन मार्फत साधनाको दीक्षा र समापन गरिनेछ ।

व्यक्तिका इच्छाहरू जेसुकै भएपनि— स्वास्थ्य, धन–सम्पत्ति, ज्ञान वा मुक्ति— देवी परम दायिनी हुन्, जसले यी सबैथोक अनि अझ बढी प्रदान गर्ने छिन् ।

 
साधना मिति
seperator
 

दीक्षा मिति: पौष २३ गते

महिलाको निम्ति समापन मिति: माघ १५ गते

पुरुषको निम्ति समापन मिति: माघ २९ गते

 
निर्देशनहरू
seperator
 
  • साधकहरूलाई शक्तिशाली मन्त्र अनि देवी दण्डम् मा दीक्षा दिइनेछ ।
  • अनलाइन मार्फत साधना समापन गर्ने व्यवस्था गरिनेछ । महिलाहरूको निम्ति माघ १५ गते अनि पुरुषहरूको निम्ति माघ २९ गते ।
  • हरेक दिन दुई पटक नुहाउनुहोस् । साबुनको सट्टा हर्बल / स्नान पाउडर प्रयोग गर्नुहोस् |
  • साधना अवधिभरि धुम्रपान, मदिरा अनि मांसाहारी भोजन सेवन नगर्नुहोस् ।
  • हरेक दिन दुई छाक भोजन मात्र खानुहोस् । पहिलो छाक भोजन दिउँसो १२ बजेपछि मात्र खानुपर्छ ।
  • साधना अवधिभरि, सेतो वा फिका रङ्गको कपडा लगाउनु उपयुक्त हुनेछ ।
 
सम्पर्क
seperator
 

थप जानकारी वा जिज्ञासाको लागि, कृपया हामीलाई यसमा सम्पर्क गर्नुहोस्:

इमेल: shivanga@lingabhairavi.org

फोन: 9841870354

 

अनुभवहरू