Wisdom
FILTERS:
SORT BY:
आज थाईपुषम वा माघी पूर्णिमा हो, जहाँ प्रकृतिको उदारताबाट सर्वाधिक लाभ प्राप्त हुन्छ । यस पवित्र र शुभ दिनमा कैयौँ योगीहरूले सचेतनपूर्वक आफ्नो शरीर त्यागेका छन् । ती सबै महान् जीवनहरूप्रति हामी नमन गर्दछौँ ।
गुरु ती हुन् जसले तपाईंमा रहेको अन्धकार हटाउँछन् । उनी यस्ता आयामहरूमा प्रकाश पार्न सक्षम हुन्छन् जुन अझै तपाईंको अनुभवमा छैनन् ।
आफ्ना दुबिधाहरूलाई जागरूक भएर सम्हाल्ने हो भने स्पष्टता उदय हुन्छ ।
मेरो कामना छ कि यस सृष्टिका हरेक जीवन-रूपप्रति तपाईं गहिरो कृतज्ञताको भाव अनुभव गर्नुहोस् ।
हामीलाई संसारमा जे आवश्यक छ त्यो परोपकार होइन; हामीलाई चाहिएको समावेशी भाव हो ।
तपाईं अहिले जस्तो हुनुहुन्छ त्यसको लागि अरू कोही जिम्मेवार छन् भनेर सोच्नुहुन्छ भने तपाईं आफूले चाहेको जस्तो बन्न सक्नुहुन्न ।
युवावस्था उमेरसँग सम्बन्धित हुँदैन, बरु जीवन्त र संलग्न रहने भावसँग सम्बन्धित हुन्छ ।
It is time we transform the youthful energy of India into a glorious expression of human genius, potential, and inclusive Humanity, which is a hallmark of Bharat. Together, let us create a Conscious Planet.
ब्रह्माण्डमा यस्तो केही छैन जुन अरू सबैथोकसँग एकत्वमा छैन— मानव मन बाहेक ।
ध्वनिको आफ्नै ज्यामिति हुन्छ । यदि तपाईंले सही ध्वनिहरू उच्चारण गर्नुभयो भने यसले स्वरूपलाई स्पर्श र समाहित गर्दछ । यसमा निकै विशाल शक्ति हुन्छ ।
यदि तपाईं आफ्नो वर्तमान अस्तित्वका सीमाहरू पार गर्न चाहनुहुन्छ भने तपाईंलाई आफ्नो हृदयमा पागलपन र आफ्नो दिमागमा सन्तुलन आवश्यक हुन्छ ।
जीवन यस्तो अद्भुत कुरा हो जुन राम्रो र नराम्रो जस्ता सोचहरूबाट पर हुन्छ । यस्ता धारणाहरू मनोवैज्ञानिक पक्षलाई वास्तविकता ठान्ने गलत बुभाइबाट उत्पन्न हुन्छन् ।