Wisdom
FILTERS:
SORT BY:
गुरु ती हुन् जसले तपाईंमा रहेको अन्धकार हटाउँछन् । उनी यस्ता आयामहरूमा प्रकाश पार्न सक्षम हुन्छन् जुन अझै तपाईंको अनुभवमा छैनन् ।
आफ्ना दुबिधाहरूलाई जागरूक भएर सम्हाल्ने हो भने स्पष्टता उदय हुन्छ ।
मेरो कामना छ कि यस सृष्टिका हरेक जीवन-रूपप्रति तपाईं गहिरो कृतज्ञताको भाव अनुभव गर्नुहोस् ।
शिक्षा उत्पादनमा केन्द्रित कठोर प्रणाली हुनुहुँदैन । यसले सृजनशीलता, जन्मजात प्रतिभा र मानवता नष्ट गर्दछ । जागरूक धरतीको लागि हुर्काइ-बढाइ गर्ने र निर्माण गर्ने शिक्षा आवश्यक छ ।
तपाईं अहिले जस्तो हुनुहुन्छ त्यसको लागि अरू कोही जिम्मेवार छन् भनेर सोच्नुहुन्छ भने तपाईं आफूले चाहेको जस्तो बन्न सक्नुहुन्न ।
युवावस्था उमेरसँग सम्बन्धित हुँदैन, बरु जीवन्त र संलग्न रहने भावसँग सम्बन्धित हुन्छ ।
It is time we transform the youthful energy of India into a glorious expression of human genius, potential, and inclusive Humanity, which is a hallmark of Bharat. Together, let us create a Conscious Planet.
जब तपाईंको हृदय आनन्दले भरिन्छ, तपाईंमा अरू कसैलाई हानि पुऱ्याउने विचार नै उब्जिँदैन किनकि तपाईं कुनैपनि कुराबाट भयभीत रहनुहुन्न ।
ध्वनिको आफ्नै ज्यामिति हुन्छ । यदि तपाईंले सही ध्वनिहरू उच्चारण गर्नुभयो भने यसले स्वरूपलाई स्पर्श र समाहित गर्दछ । यसमा निकै विशाल शक्ति हुन्छ ।
यदि तपाईं आफ्नो वर्तमान अस्तित्वका सीमाहरू पार गर्न चाहनुहुन्छ भने तपाईंलाई आफ्नो हृदयमा पागलपन र आफ्नो दिमागमा सन्तुलन आवश्यक हुन्छ ।
जीवन यस्तो अद्भुत कुरा हो जुन राम्रो र नराम्रो जस्ता सोचहरूबाट पर हुन्छ । यस्ता धारणाहरू मनोवैज्ञानिक पक्षलाई वास्तविकता ठान्ने गलत बुभाइबाट उत्पन्न हुन्छन् ।
एक मनुष्यको रूपमा तपाईंमा आफ्ना परिस्थितिहरूलाई दिशा दिने सामर्थ्य रहेको छ । जब तपाईं यो सचेतनपूर्वक गर्नुहुन्छ, तपाईंले आफूले चाहेको जीवन निर्माण गर्न सक्नुहुन्छ ।