निर्वाण षट्कम— राग र रङ्गहरूभन्दा पर

हजारौँ वर्षअघि आदि शंकराचार्यद्वारा रचित निर्वाण षट्कमले आज पनि श्रोताहरूलाई मन्त्रमुग्ध पार्दछ । निर्वाण षट्कमको मूल भाव वैराग्य हो । यो मन्त्रलाई ब्रह्मचर्य मार्गको समानार्थी मानिन्छ । यसको ध्वनिले हाम्रो अन्तस्करणमा हलचल उत्पन्न गर्दछ । यसले हामीलाई राग र रङ्गहरूभन्दा परको आयाममा लैजान्छ...
निर्वाण षट्कम
 

सद्‌गुरु: निर्वाण को अर्थ 'निराकर' हो ।

निर्वाण षट्कमको आशय यही हो: तपाईं यो वा त्यो बन्न चाहनुहुन्न । यदि तपाईं यो वा त्यो बन्न चाहनुहुन्न भने, तपाईं के बन्न चाहनुहुन्छ त ? तपाईंको मनले यो बुझ्न सक्दैन, किनकि तपाईंको मन सदैव केही न केही बन्न चाहिरहेको हुन्छ ।

यदि मैले "म यो पनि बन्न चाहँदिनँ, म त्यो पनि बन्न चाहँदिनँ" भनेँ भने, तपाईंले सोच्नुहुनेछ, "ए ! त्यसोभए महान् बन्ने ?"

"महान् बन्ने होइन ।"

"त्यसोभए पूरै खाली हुने हो कि ?"

"खालीपन पनि होइन ।"

"कतै शून्यता पो हो कि?"

"शून्यता पनि होइन ।"

यो मन्त्रको आशय नै यही हो ।

ईशा ब्रह्मचारीहरूद्वारा गाइएको निर्वाण षट्कम, वैराग्य एल्बममा समावेश मन्त्रहरूमध्येको एक हो । यस संस्कृत मन्त्रको नेपाली अर्थ समेत दिइएको छ ।

निर्वाण षट्कम

मनोबुद्धयहंकारचित्तानि नाहम् न च श्रोत्र जिह्वे न च घ्राण नेत्रे
न च व्योम भूमिर्न तेजॊ न वायु: चिदानन्द रूप: शिवोऽहम् शिवोऽहम् ॥१॥

म न मन हुँ, न बुद्धि, न अहंकार, न त चित्त नै


म न कान हुँ, न जिब्रो, न नासिका, न त आँखा नै


म न आकाश हुँ, न धरती, न अग्नि, न त वायु नै


म त शुद्ध चेतना हुँ, अनादि, अनन्त शिव हुँ ।

 

न च प्राण संज्ञो न वै पञ्चवायु: न वा सप्तधातुर्न वा पञ्चकोश:
न वाक्पाणिपादौ न चोपस्थपायू चिदानन्द रूप:शिवोऽहम् शिवोऽहम् ॥२॥

म न प्राण हुँ, न त पञ्च वायु


म न त सातवटा धातुहरू हुँ, न पाँचवटा कोषहरू


म न वाणी हुँ, न हात, न खुट्टा, न त उत्‍सर्जन गर्ने इन्द्रियहरू


म त शुद्ध चेतना हुँ, अनादि, अनन्त शिव हुँ ।

 

न मे द्वेष रागौ न मे लोभ मोहौ मदो नैव मे नैव मात्सर्य भाव:
न धर्मो न चार्थो न कामो न मोक्ष: चिदानन्द रूप: शिवोऽहम् शिवोऽहम् ॥३॥

ममा न त घृणा छ, न त लगाव


ममा न त लोभ छ, न त मोह


ममा न त अभिमान छ, न त ईर्ष्या


म धर्म, धन, काम एवं मोक्षभन्दा पर छु


म त शुद्ध चेतना हुँ, अनादि, अनन्त शिव हुँ ।

 

न पुण्यं न पापं न सौख्यं न दु:खम् न मन्त्रो न तीर्थं न वेदार् न यज्ञा:
अहं भोजनं नैव भोज्यं न भोक्ता चिदानन्द रूप:शिवोऽहम् शिवोऽहम् ॥४॥

म पुण्य, पाप, सुख अनि दुःखबाट पनि अछुतो छु


म न मन्त्र हुँ, न तीर्थ, न ज्ञान, न त यज्ञ नै


म न त भोजन (भोग गरिने वस्‍तु) हुँ, न भोगको अनुभव, न त भोक्ता (भोग गर्ने व्यक्ति) नै


म त शुद्ध चेतना हुँ, अनादि, अनन्त शिव हुँ ।

 

न मे मृत्यु शंका न मे जातिभेद:पिता नैव मे नैव माता न जन्म:
न बन्धुर्न मित्रं गुरुर्नैव शिष्य: चिदानन्द रूप: शिवोऽहम् शिवोऽहम् ॥५॥

मलाई न त मृत्युको डर छ, न जातिय भेदभावको


मेरा न कोही पिता हुनुहुन्छ, न माता, न म कहिल्यै जन्मिएको नै थिएँ


मेरा न कोही भाइबन्धु छन्, न मित्र, न गुरु, न त शिष्य नै


म त शुद्ध चेतना हुँ, अनादि, अनन्त शिव हुँ ।

 

अहं निर्विकल्पॊ निराकार रूपॊ विभुत्वाच्च सर्वत्र सर्वेन्द्रियाणाम्
न चासंगतं नैव मुक्तिर्न मेय: चिदानन्द रूप: शिवोऽहम् शिवोऽहम् ॥६॥

म निर्विकल्प हुँ, निराकार हुँ


म चैतन्‍यको रूपमा सर्वत्र व्‍याप्‍त छु, सबै इन्द्रियहरूमा म नै छु


न त मलाई कुनै चीजप्रति आसक्ति छ, न त म त्यसबाट मुक्त छु


म त शुद्ध चेतना हुँ, अनादि, अनन्त शिव हुँ ।

 

Isha Chants – Free Mobile App
Vairagya - mp3 download

Editor's Note: To read about the significance of mantras, visit Sadhguru Spot on Becoming A Mantra.

You can find the other Mystic Chants here.