महाशिवरात्रि साधना

सद्‌गुरुले एउटा सरल अभ्यास प्रदान गर्नुभएको छ, जसको अभ्यासले हामी आफूलाई महाशिवरात्रिको रातको असीमित सम्भावनाहरू ग्रहण गर्नको निम्ति तयार गर्न सक्दछौँ । महाशिवरात्रि साधनाको लाभको बारेमा बताउने क्रममा सद्‌गुरुले भन्नुभएको छ कि तीन वर्षको आध्यात्मिक साधना गर्दा जति लाभ हुन्छ, ४० दिनको महाशिवरात्रि साधना गर्नाले त्यस बराबरकै लाभ प्राप्त गर्न सकिन्छ ।
 

सद्‌गुरुः महाशिवरात्रि, शिव वा आदियोगीको रात हो । यो रातमा ग्रहहरू एक विशेष स्थितिमा हुन्छन्, जसले गर्दा मानव प्रणालीमा उर्जाहरू स्वतः माथितर्फ बहन थाल्छन् । महाशिवरात्रिको रातमा मेरुद्दण्ड वा ढाडलाई सिधा राखी पूरै रात जागा रहनाले, यो रातको अत्यधिक लाभ लिन सकिन्छ । महाशिवरात्रि साधना, महाशिवरात्रिको रातको लागि आफूलाई तयार गर्नको निम्ति हो ।

८ वर्ष माथिका जो-कोहीले महाशिवरात्रि साधना गर्न सक्नुहुन्छ । यो साधनालाई लगातार ४०, २१, १४, ७ वा ३ दिनहरूसम्म गर्न सकिन्छ ।

साधना सुरु गर्ने मितिहरूः

  • ४० दिनको साधना : पौष २८ देखि फाल्गुण ९ सम्म
  • २१ दिनको साधना : माघ १८ देखि फाल्गुण ९ सम्म
  • १४ दिनको साधना : माघ २५ देखि फाल्गुण ९ सम्म
  • ०७ दिनको साधना : फाल्गुण ३  देखि फाल्गुण ९ सम्म
  • ०३ दिनको साधना : फाल्गुण ७  देखि फाल्गुण ९ सम्म

दैनिक साधनाको अभ्यास र विधिहरू

 

हिन्दीमा डब गरिएको भिडियो

  • खाली पेटमा ′शिव नमस्कार′ को एउटा पूरा चक्र १२ पटक गर्नुहोस् । त्यसपछि, सर्वेभ्यो मन्त्रलाई तीन पटक उच्चारण गर्नुहोस् । यसलाई दिनमा एक पटक सूर्योदय अगाडि वा सूर्यास्त पछाडि गर्नुपर्दछ । तपाईं भिडियोमार्फत शिव नमस्कार सिक्न सक्नुहुन्छ ।

सर्वेभ्यो मन्त्र

ॐ सर्वेभ्यो देवेभ्यो नमः
 

ॐ पञ्च भुताय नमः
 

ॐ श्री सद्‌गुरुवे नमः
 

ॐ श्री पृथ्वीयै नमः
 

ॐ आदि योगेश्वराय नमः
 

ॐ, ॐ, ॐ

हामी सबै आकाशीय र दिव्य जीवहरूलाई नमन गर्दछौँ
हामी सबै पञ्च तत्त्वहरूलाई नमन गर्दछौँ
हामी शाश्‍वत गुरुलाई नमन गर्दछौँ
हामी धर्ती मातालाई नमन गर्दछौँ
हामी उहाँलाई नमन गर्दछौँ, जो योगको जनक हुनुहुन्छ

 

  • अघिल्लो राती ८-१० वटा कालो मरिचको दाना, २-३ वटा नीम वा बेलको पातसँग महमा डुबाउनुहोस् अनि एक मुठी बदामलाई पानीमा भिजाउनुहोस् । शिव नमस्कार र मन्त्रोच्चारण पछि, पातहरू चबाउनुहोस्, कालो मरिच र महलाई कागती पानीसँग मिसाएर खानुहोस् । साथै, भिजाएको बदाम पनि खानुहोस् । यदि नीम वा बेल पत्र उपलब्ध छैन भने, नीमको धुलो (पाउडर) प्रयोग गर्न सक्नुहुन्छ । आफ्नो नियमित साधना, जस्तै कि शाम्भवी महामुद्रा सकिएपछि मात्रै यो खान सक्नुहुन्छ ।
  • शिव नमस्कार अभ्यासको बारेमा केही कुराहरूः
    • कृपया, गर्भवती महिलाहरूले शिव नमस्कार नगर्नुहोस् ।
    • स्त्रीहरूले आफ्नो महिनावारीको समयमा शिव नमस्कार गर्न सक्नुहुन्छ ।
    • यदि कसैलाई हर्नियाको समस्या छ भने, चकटी राखेर वा कुर्सीमा बसेर शिव नमस्कारको अर्को रूप अभ्यास गर्न सक्नुहुन्छ ।
  • बिहान एकपटक र बेलुका एकपटक दियो बाल्नुहोस् । यदि दियो उपलब्ध छैन भने, तपाईं मैनबत्तीको प्रयोग गर्न सक्नुहुन्छ ।
  • बिहान र बेलुका, दियो बालेपछि, १२ पटक योग योग योगेश्वराय मन्त्र उच्चारण गर्नुहोस् । यो साधनालाई ४० मिनेटको सन्ध्याकालको समयमा गर्नु उत्तम हुनेछ । सूर्योदय र सूर्यास्त हुनुभन्दा २० मिनेट अगाडिदेखि सूर्योदय र सूर्यास्त पछिको २० मिनेटसम्मको अवधिलाई सन्ध्याकाल भनिन्छ ।

योग योग योगेश्वराय मन्त्र

योग योग योगेश्वराय

भूत भूत भूतेश्वराय

काल काल कालेश्वराय

शिव शिव सर्वेश्वराय

शम्भो शम्भो महादेवाय

 

साधनाका केही निर्देशनहरूः

कृपया साधना अवधिभरि यी निर्देशनहरू पालना गर्नुहोस्:

  • दिनमा दुई पटक मात्र खाना खानुहोस् । पहिलो खाना १२ बजेपछि मात्र खानुहोस् ।
  • यदि तपाईंलाई भोक लाग्यो भने, तपाईं कालो मरिच-मह-कागतीको रस पानीमा मिसाएर फेरि पिउन सक्नुहुन्छ ।
  • साधना अवधिभरि धुम्रपान, मदिरापान अनि मांसाहारी भोजन नगर्नुहोस् ।
  • आफ्नो पाखुरामा एउटा कालो कपडा बाँध्नुहोस्; पुरुषले दायाँ पाखुरामा अनि महिलाले बाँया पाखुरामा । तपाईं जुनसुकै कालो कपडा बाँध्न सक्नुहुन्छ । यसको लम्बाइ १२ इन्च र चौडाइ १ इन्च हुनुपर्छ । साधना गर्ने व्यक्तिले कालो कपडा आफैँ खोज्न सक्नुहुनेछ ।
  • सेतो वा उज्यालो रंगको कपडा मात्र लगाउनुहोस् ।
  • कृपया दिनमा दुई पटक हर्बल पाउडरले नुहाउनुहोस् ।
  • यी बिन्दुहरूमा विभूति लगाउनुहोस्— आज्ञा, आँखीभौँको बीचमा; विशुद्धि, घाँटीको कण्ठमा; अनाहत, करङ्गको हड्डी जोडिएको स्थानभन्दा ठीक मुनि; मणिपूरक, नाभि(नाइटो) को ठीक तल ।

साधना समापनः

यो साधनालाई महाशिवरात्रिको दिन समापन गरिनुपर्नेछ । ईशा योग केन्द्रमा उपस्थित भई साधना समापन गर्नु उत्तम हुनेछ । तर, यदि केही कारणवश तपाईं ईशा योग केन्द्रमा उपस्थित हुन सक्नुहुन्न भने, यो साधनालाई महाशिवरात्रिमा आफ्नै घरमा समापन गर्न सक्नुहुनेछ ।

ईशा योग केन्द्रमा साधना समापन गर्ने विधिः

  • जागरणमा रहन जरूरी छ, यसको अर्थ पूरै रातभरि जागा बस्नुपर्नेछ ।
  • योग योग योगेश्वाराय मन्त्र ११२ पटक उच्चारण गर्नुहोस् ।
  • पैसा वा भोजन अत्यावश्यक भएका कोही ३ जनालाई केही दिनुहोस् ।
  • एउटा बेलको पात/ नीमको पात/ वा ३-५ पत्ताहरू भएको पात ध्यानलिङ्गमा चढाउनुहोस् ।
  • आफ्नो पाखुराबाट कालो कपडा फुकालेर, ध्यानलिङ्गको अगाडि रहेको नन्दीको छेउमा बाँध्नुहोस् । ध्यानलिङ्गको अगाडि कपडा बाँध्ने प्रक्रियाले कर्मको बन्धनबाट मुक्ति पाउने सम्भावना प्रदान गर्दछ । यो सम्भावना तपाईंले यो स्थान छोडेर गएपछि पनि रहिरहन्छ ।
  • ११२ फिट आदियोगीलाई एक पटक प्रदक्षिणा (परिक्रमा) गर्नुहोस् ।

आफ्नो घरमा साधना समापन गर्ने विधिः

  • पूरै रातभरि जागरणमा वा जागा बस्नुपर्नेछ ।
  • योग योग योगेश्वाराय मन्त्र ११२ पटक उच्चारण गर्नुहोस् ।
  • पैसा वा भोजन अत्यावश्यक भएका कोही ३ जनालाई केही दिनुहोस् ।
  • माथि उल्लेख गरिएका प्रकियाहरू गरेपछि, पाखुरामा बाँधिएको कपडा फुकाल्नुहोस्, कपडा जलाउनुहोस् अनि बचेको खरानी पाखुरा र खुट्टाहरूमा लगाउनुहोस् ।
  • माथि उल्लेख गरिएका प्रकियाहरू गरेपछि, पाखुरामा बाँधिएको कपडा फुकाल्नुहोस्, कपडा जलाउनुहोस् अनि बचेको खरानी पाखुरा र खुट्टाहरूमा दल्नुहोस् ।

Dhyanalinga

 

यो साधनामार्फत महाशिवरात्रिको लागि आफूलाई तयार गर्नुहोस् । अधिक जानकारीको लागि यसमा सम्पर्क गर्नुहोस्: ९८०३८६७३९४ / ९८५११००८८५

 

 

 

 

 

Subscribe to the Mahashivratri Mailing List

Subscription to Sadhana mailing list will enable us to send you the latest Isha E-Books, videos and articles on Mahashivratri. And also, we will keep you updated on Mahashivratri celebrations at Isha Yoga Center and how you can join in person, in a nearby center or through live webstreaming.

 
 

 

 
 
 
 
  0 Comments
 
 
Login / to join the conversation1